चिनियाँ राजदूत चाङले १२ फागुनमा बुझाउनेछन् राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम १२ फागुन (२४ फेब्रअरी) का लागि तय भएको छ।

राजदूत चाङका साथ त्यसदिन अन्य ४ मुलुकका राजदूतहरुले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन्।

निवर्तमान राजदत राजदूत सन् छङ तीन वर्षे कार्यकाल समाप्तीसँगै बढुवा भएर बेइजिर्ङ फर्केपछि चीन सरकारले चाङलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो।

राजदूतको कार्यभार सम्हाल्न चाङ विहीबार (१ फागुन) मा काठमाडौँ आइपुगेका थिए।

त्यसैदिन उनले शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) कुमारराज खरेलसँग भेट गरी ओहोदाको प्रमाणपत्रको प्रतिलिपी पेश गरेका थिए।

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम १२ फागुन (२४ फेब्रअरी) का लागि तय भएको छ।

राजदूत चाङका साथ त्यसदिन अन्य ४ मुलुकका राजदूतहरुले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन्।

निवर्तमान राजदत राजदूत सन् छङ तीन वर्षे कार्यकाल समाप्तीसँगै बढुवा भएर बेइजिर्ङ फर्केपछि चीन सरकारले चाङलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो।

राजदूतको कार्यभार सम्हाल्न चाङ विहीबार (१ फागुन) मा काठमाडौँ आइपुगेका थिए। त्यसैदिन उनले शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) कुमारराज खरेललाई ओहोदाको प्रमाणपत्रको प्रतिलिपी पेश गरेका थिए।

औपचारिक रुपमा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने मिति भने १२ फागुनका लागि तय भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यसदिन चिनियाँ राजदूत चाङका अलावा नेपालका लागि अष्ट्रेलिया, साउदी अरेविया, माल्दिभ्स र टर्कीका नवनियुक्त राजदूतहरुले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नेछन्।

यसमध्ये चीन, अष्ट्रेलिया र साउदी अरबका राजदूतहरु आवासीय हुन् भने माल्दिभ्स र टर्कीका राजदूत गैरआवासीय हुन्। पछिल्ला दुई मुलुकले नेपाललाई नयाँदिल्लीस्थित दूतावासबाट हेर्दै आएका छन्।

औपचारिक रुपमा ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि राजदूतहरु राजदूतावासका आन्तरिक कार्यक्रममा सहभागी हुन सक्द्धन्। द्विपक्षीय मामिलासँग सम्बन्धित कार्यक्रममा भने ओहोदाको प्रमाणपत्र पेश गरेपछिमात्र सहभागी हुने कुटनीतिक प्रचलन छ।