किन गरिन् भारतकी पहिलो महिला माओवादी ‘मिलिट्री कमान्डर’ ले आत्मसमर्पण?
शम्बला देवीले मलाई आफ्नो एउटा पुरानो तस्बिर देखाइन्। त्यसमा उनले गाढा हरियो रंगको शर्ट र पाइन्ट लगाएकी छन्। हातमा एके–४७ राइफल छ। नाडीमा घडी र कम्मरमा वाकी–टकी लर्किएको छ। उनको हातमा यस्ता केवल दुईवटा तस्बिर मात्र छन्। ती तस्बिरहरू २५ वर्ष पहिले खिचिएका हुन्। त्यो समयको तस्बिर हो, जतिबेला भारतीय सशस्त्र माओवादी विद्रोहीहरुको पहिलो महिला […]