तिब्बतले ६० वर्षमा गरेको ऐतिहासिक प्रगति र राष्ट्रपति सीले तय गरेको मार्ग

  • २०८२ भाद्र ६, शुक्रबार

चिनियाँ नेता सी चिनफिङले (शिजाङ) स्वायत्त प्रदेश स्थापनाको ६ दशक लामो प्रगतिलाई स्थानीयहरूसँग मिलेर उत्सवपूर्वक मनाएका छन्।

आफ्नो दुई दिने (२०–२१ अगष्ट) तिब्बत (शिजाङ) भ्रमणका क्रममा स्थानीयवासीसँगै उत्सव मनाएका राष्ट्रपति सीले उक्त क्षेत्रको विकासको मार्गचित्र समेत प्रस्तुत गरेका छन्।सीपीसी केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्षका रूपमा एउटै नेताले शिजाङ स्वायत्त प्रदेश स्थापना दिवसको उत्सवमा सहभागिता जनाएको यो पहिलो पटक हो।

राष्टपति सीले यसअघि सन् २०२१ मा तिब्बतको ‘शान्तिपूर्ण मुक्तिको ७०औँ वार्षिकोत्सव’ तिब्बतको भ्रमण गरेका थिए।

व्यस्त कार्यक्रमबीच उनले तिब्बतका विविध जातजाति र क्षेत्रका प्रतिनिधिहरूसँग भेट गरे। प्रदेश पार्टी समिति र सरकारको प्रतिवेदन सुने। भव्य सांस्कृतिक कार्यक्रममा उपस्थित भए र ऐतिहासिक पोताला दरबार चोकमा आयोजना गरिएको विशाल समारोहमा भाग लिए।

यी कार्यक्रमहरूमा राष्ट्रपति सीले तिब्बतलाई चार प्रमुख कार्यहरू निरन्तर अघि बढाउन आह्वान गरेका थिए। ती चार कार्यहरु ‘स्थिरता सुनिश्चित गर्ने, विकासलाई प्रोत्साहित गर्ने, वातावरणीय संरक्षण गर्ने र सीमाक्षेत्र सुदृढ गर्ने‘ लगायत थिए।

एकीकृत, समृद्ध, सांस्कृतिक रूपमा प्रगतिशील, समन्वयपूर्ण र सुन्दर आधुनिक समाजवादी नयाँ तिब्बत निर्माणका लागि सामूहिक प्रयासको आग्रहसमेत राष्ट्रपति सीले त्यसक्रममा गरेका छन्।

स्थिरता
राष्ट्रपति सीले तिब्बतसम्बन्धी जिम्मेवारीको सन्दर्भमा सदैव राष्ट्रिय एकता र जातीय ऐक्यबद्धतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

तिब्बतबारेको प्रतिवेदन २० अगस्ट (४ भदौ) मा सुनेका उनले त्यसपछि राजनीतिक तथा सामाजिक स्थिरता कायम राख्ने, जातीय एकता सुदृढ गर्ने र विभिन्न धर्मबीच मित्रता बढाउने महत्त्वप्रति जोड दिएका थिए।

चिनियाँ राष्ट्रको साझा समुदाय निर्माण कार्यलाई अघि बढाउन, तिब्बती बौद्ध धर्मलाई समाजवाद अनुकूल बनाउन र चिनियाँ मानक भाषा (बोली र लेखाइ) प्रवर्द्धन गर्नपनि उनले आग्रह गरे। साथै तिब्बत र अन्य प्रान्तबीच आर्थिक, सांस्कृतिक तथा जनस्तरीय आदान–प्रदान अझ प्रगाढ बनाउनु आवश्यक रहेको बताए।

ल्हासाको बारखोर उप–जिल्ला सरकारका निर्देशक पुवु ताशीका भनाईमा, पूर्वाधार सुधार, जीवनस्तर उन्नयन र द्विभाषिक शिक्षामा बल दिन थालेको छ,
स्थानीय तहमै यी प्रयासहरू भइरहेका पनि छन्।

विकास
गत ६ दशकमा तिब्बतले उल्लेखनीय प्रगति हासिल गरेको छ।

२०२४ मा तिब्बतको जीडीपी २७६.५ अर्ब युआन (३८.८ अर्ब अमेरिकी डलर) पुगेको थियो, जुन १९६५ को तुलनामा १५५ गुणा वृद्धि हो। आधिकारिक तथ्यांकले वार्षिक औसत वृद्धिदर ८.९ प्रतिशत रहेको देखाउँछ।

२०२४ मा शहरी बासिन्दाको प्रतिव्यक्ति वार्षिक उपलब्ध आम्दानी ५५,४४४ युआन पुगेको छ, जुन १९६५ को तुलनामा १२१ गुणा बढी हो। ग्रामीण बासिन्दाको आम्दानी भने करिब २०० गुणा बढेको छ।

राष्ट्रपति सीले तिब्बतमा पनि उच्च गुणस्तरको विकासमा जोड दिए र स्थानीय परिस्थिति अनुसारका प्रतिस्पर्धी उद्योगहरू विकास गर्नुपर्ने बताए। कृषि, पशुपालन तथा स्वच्छ उर्जा तिब्बतका प्रमुख सम्भावनायुक्त क्षेत्र हुन्।

राष्ट्रपति सीले यारलुङ जाङ्बो (ब्रम्हपुत्र) नदीको तल्लो तटीय जलविद्युत परियोजना र सिचुआन–शिजाङ रेलवे जस्ता परियोजनाहरूलाई ‘दृढ, व्यवस्थित र प्रभावकारी ढंग’ ले अघि बढाउन निर्देशन दिए।

‘विश्वको छाना’ र ‘एसियाको पानी ट्याङ्की’ भनेर चिनिने तिब्बतको नाजुक वातावरणीय सन्तुलन संरक्षण गर्न कार्बन उत्सर्जन घटाउने, प्रदूषण नियन्त्रण गर्ने, हरित विकास प्रवर्द्धन गर्ने र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्न आह्वान गरे।

जनकल्याण
शहरीकरण र ग्रामीण पुनरुत्थानलाई सन्तुलनमा राख्ने, गरिबी निवारणका उपलब्धिहरूलाई स्थिर राख्ने र रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, वृद्ध–बालबालिकाको हेरचाह जस्ता क्षेत्रमा प्रगति गर्नुपर्नेमा जोड दिए।

विगत दशकहरूमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा उल्लेखनीय सुधार भएको छ। अहिले तिब्बतमा बालवाटिकादेखि लिएर माध्यमिक तहसम्म १५ वर्षको निःशुल्क शिक्षा उपलब्ध छ।

औसत आयु ७२.५ वर्ष पुगेको छ, जुन अघिल्लो पुस्ताको तुलनामा दुई गुणा बढी हो।

तिब्बतले विगत ६० वर्ष यता हासिल गरेको विकासको प्रष्ट अनुभूति यहाँका वासिन्दाहरुले गरेका छन्। साक्या गुम्बाका भिक्षु छम्पा ग्यात्सोले पूर्वाधार तथा सामाजिक सेवामा आएको सुधारले भिक्षुहरुञको गुम्बा जीवनमा निकै ठूलो सहजता ल्याएको छ।

नेतृत्व र समर्थन
तिब्बत सम्बन्धी सबै कार्यमा पार्टी नेतृत्वलाई केन्द्रमा राख्नुपर्ने कुरापनि दोहोर्याएका छन्।

२१ अगस्ट (५ भदौ) को भव्य समारोहमा चीनका शीर्ष राजनीतिक सल्लाहकार वाङ हुनिङले गत ६ दशकको तिब्बतको प्रगति, सीपीसीको दृढ नेतृत्व र समाजवादी प्रणालीको राजनीतिक सामर्थ्यको प्रत्यक्ष प्रमाण भएको बताएका थिए।

१९६५ देखि २०२४ सम्म केन्द्र सरकारले तिब्बतलाई २.६ ट्रिलियन युआन बराबरको वित्तीय सहयोग दिएको छ। साथै, ‘जोडी सहयोग प्रणाली’ अन्तर्गत अन्य प्रान्तबाट ६४.३ अर्ब युआनको सहायता र १४ हजारभन्दा बढी अधिकारी तथा प्राविधिकलाई पठाइएको छ।

तिब्बतको उपलब्धिले सीपीसीको नेतृत्वमा मात्रै यस क्षेत्रले उज्ज्वल भविष्य पाउन सक्छ भन्ने कुरा विश्वलाई देखाएको वाङले दावी गरे।

यस भ्रमणमा राष्ट्रपति सीसँगै सीपीसी केन्द्रीय समितिको स्थायी समिति सदस्य तथा कार्यालय प्रमुख काई ची पनि सहभागी थिए।

  • २०८२ भाद्र ६, शुक्रबार