प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता भएको छ।

चीनको तियान्जिनस्थित तियान्जिन गेष्टहाउसमा स्थानीय समय अनुसार साँढे पाँच बजेदेखि करिव २० मिनेट चीन र नेपालका दुई शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीको राष्ट्रपति सीसँगको भेटवार्ता प्रतिनिधिमण्डल स्तरमा भएको थियो। त्यसक्रममा प्रधानमन्त्री ओलीका साथ १२ जना नेपाली अधिकारीहरू सहभागी थिए।

प्रधानमन्त्री ओलीका साथ भेटवार्तामा सहभागी हुने प्रतिनिधिहरुमा पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा थिए।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता

यसैगरी परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गानापनि भेटवार्तामा सहभागी भएका थिए।

तियान्जिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सीसँग प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता भएको हो। प्रधानमन्त्री ओली आजै अपरान्ह तियान्जिन पुगेका थिए।