चिनियाँ कम्युनिस्ट पार्टीले देश सञ्चालन गर्ने प्रमुखमध्ये एक हो, पन्च-वर्षीय योजनाहरूको वैज्ञानिक ढंगले तर्जुमा गर्नु र तिनको निरन्तर कार्यान्वयन गर्नु। यो अन्तर्राष्ट्रिय समुदायले नको आधुनिकीकरण मार्गलाई अझ राम्रोसँग बुझ्ने एउटा महत्वपूर्ण झ्याल पनि हो।
पिपुल्स डेली अनलाइनले ‘अन्डरस्ट्यान्ड चाइना’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ, जुन कार्यक्रम १५औँ पन्च-वर्षीय योजना (२०२६-२०३०) मा केन्द्रित छ। यस शृंखलाले चीनको विकास योजना, अवसरहरू र शासन प्रणालीको अध्ययन गर्छ, जसको उद्देश्य भ्रमहरू सिर्जना हुन नसक्नेगरी प्रष्ट पार्नु र पारस्परिक समझ तथा मान्यतालाई सुदृढ गर्नु हो।
‘अन्डरस्ट्यान्ड चाइना’ को यस एपिसोडमा चीनको कम्युनिकेसन विश्वविद्यालयअन्तर्गत राष्ट्रिय सञ्चार नवप्रवर्तन अध्ययन केन्द्रका प्राध्यापक तथा निर्देशक जी देछियाङ र नटिङ्घम युनिभर्सिटी बिजनेस स्कुल चीनका रणनीतिक व्यवस्थापन विषयका प्राध्यापक मार्टिन लोकेटबीचको संवाद प्रस्तुत गरिएको छ। उनीहरूबीचको छलफलले चीनको वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरताले आर्थिक वृद्धि र विश्वव्यापी नवप्रवर्तनमा कसरी प्रभाव पार्नेछ भन्ने विषयलाई अन्वेषण गर्छ।
त्यसो भए के चीन सबै कुरा प्रभुत्वमा ल्याउन जाँदैछ?
चीनको प्राविधिक उन्नतिप्रति बाह्य चासो र चिन्तालाई सम्बोधन गर्दै लोकेटले यस्ता प्रश्न केही हदसम्म चीनले उत्पादन र अन्य क्षेत्रहरूमा हासिल गरेको सफलताबाट उत्पन्न भएको बताए।
उनले भने- ‘चीन खतरा’ सिद्धान्तलाई अतिरञ्जित गरिएको छ। यो या त पुराना धारणाहरूमा आधारित छ, वा वैकल्पिक रूपमा गलत सञ्चारको परिणाम हो।
लोकेटका विचारमा, उच्चस्तरीय विज्ञान तथा प्रविधिमा आत्मनिर्भरता सुदृढ गर्ने चीनको प्रयास प्रतिक्रियात्मक (रियाक्टिभ) र अग्रसक्रिय (प्रोएक्टिभ) दुवै किसिमको प्रतिक्रिया हो। उनले अन्तर्राष्ट्रिय व्यापार अनुसन्धानमा प्रयोग हुने “एम्बिडेक्सटेरिटी” ९बmदष्मभहतभचष्तथ० को अवधारणा प्रयोग गर्दै यसलाई व्याख्या गरेः
राम्रो (विज्ञान–प्रविधि) आत्मनिर्भरताको अर्थ एकातिर आफ्नै क्षमतामा मुख्य उत्पादन तथा सेवा आदि क्षेत्रमा आफ्नै क्षमतामा उपलब्ध गराउने सामर्थ्य हुनु हो, ताकि कुनै एक वा थोरै स्थानहरूमाथि पूर्ण रूपमा निर्भर हुन नपरोस्। अर्काेतिर महत्त्वपूर्ण कुरा यो पनि हो कि हामी यदि साँच्चिकै उत्पादनशील विश्व अर्थतन्त्र चाहन्छौँ भने, उत्पादनशील सहकार्यको आवस्यकतापनि उत्तिकै छ। अहिलेको चुनौती भनेको यी दुबै कुरा एकै समयमा गर्नु हो।’
जी देछियाङले चीनसँग सबै कुरामाथि प्रभुत्व स्थापित गर्ने महत्वाकांक्षा नरहेको स्पष्ट पारे। चीनले यस्तो किसिमको जिम्मेवारीबोध गर्दै आएको छ’ उनले भने, ‘यो जिम्मेवारी चीनले आफ्नै लागि उच्च–प्रविधिमा आधारित डिजिटल अर्थतन्त्र विकास गर्नमात्र होइन, विकासोन्मुख देशहरूलाई पनि आफ्नै डिजिटल अर्थतन्त्र विकास गर्न सहयोग र बजारका लाभहरू साझा गर्ने विषयमा पनि देखिने गरेको छ।’
चीनजस्तो ठूलो देशका लागि सुरक्षाका दृष्टिले प्राविधिक शक्तिको विकास र औद्योगिक जोखिमहरू न्यूनीकरणका लागि मूल प्रविधिमा क्षमता कायम राख्नु आवश्यक भएको उनले जोड दिए। उनले थपे, ‘तर विज्ञान तथा प्रविधिमा आत्मनिर्भरता भनेको बन्दपन (क्लोजनेस) होइन।’
‘वास्तवमा चीन बजारसम्बन्धी अधिकांश विषयमा अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउन चाहन्छ,” जीले थपे, ‘चीनले उच्च–स्तरीय विज्ञान तथा प्रविधिमा आत्मनिर्भरतालाई तीव्र पार्नु इतिहासको परिणाम मात्र होइन, बरु उच्च गुणस्तरीय बहुपक्षीय सहकार्यको आधार पनि हो।’
आफ्ना तर्कहरुलाई पुष्टि गर्न यी दुबै विद्वानले स्थानीय विद्युत अभाव पूर्ति गर्न उपयोगी दक्षिण अफ्रिकाको डे आर वायु ऊर्जा परियोजनादेखि विश्वसँग साझेदारी गरिएको बेइडोउ नेभिगेसन उपग्रह प्रणालीसम्म, चिनियाँ अन्तरिक्ष स्टेसनमा अन्तर्राष्ट्रिय सहकार्यदेखि सवारी साधनका क्षेत्रमा चीन र अन्य देशहरूबीचको सहकार्यसम्मका ठोस उदाहरणहरू प्रस्तुत गरे।
यसले देखाउँछ, चीनको वैज्ञानिक तथा प्राविधिक विकासले आत्मनिर्भरतामा जोड त दिएको छ नै, खुलापन र अन्तर्राष्ट्रिय सहकार्यप्रति चीन दृढ रूपमा उन्मुख रहेको पनि स्पष्ट पारेको छ।
(पिपुल्स डेली अनलाइनमा प्रकासितयो सामाग्री हामीले बेल्ट एण्ड रोड न्यूज नेटवर्क (बीआरएनएन) को सौजन्यतामा प्राप्त गरेका हौँ- सम्पादक)