अबुधावीस्थित नेपालीराजदूतावासले ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ विशेष समारोहका साथ मनाएको छ।
कार्यक्रममा संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएईमा रहेका नेपाली समुदायप्रति शुभकामना प्रकट गरेका थिए।

दूतावासका अनुसार, कार्यक्रममा राजदूत क्षेत्रीका अलावा राजदूतावासस्थित कूटनीतिक कर्मचारी र तिनका परिवार, युएईस्थित नेपाली संघ संस्थाका प्रतिनिधि, विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित व्यक्तिहरु गरी करिब सय जनाको उपस्थिति थियो।
कार्यक्रममा राजदूत क्षेत्रीले नेपाली जनताको ठूलो संघर्ष र बलिदान पछि २००७ फागुन ७का दिन १०४ वर्षीय जहानिया राणा शासनको अन्त्य भएको स्मरण गरे।

प्रजातन्त्रको उदय जनअधिकार सहितको शासन व्यवस्थाका लागि भएको बताउँदै राजदूत क्षेत्रीले संविधान निर्माणपछि नेपाली नागरिक सार्वभौमअधिकार सम्पन्न भएको उल्लेख गरे।
विदेशमा रहेका प्रवासी नेपालीहरुले नेपालको प्रजातान्त्रिक विकास र जनचाहना अनुरुपको परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गर्दै क्षेत्रीले प्राप्त प्रजातान्त्रिक हक अधिकारको रक्षा र देशको आर्थिक विकासलाई सही दिशामा द्रुतगतिले डोर्याउन सधैँ सधै खवरदारी गर्नुपर्ने आवस्यकतापनि औँल्याए।

कार्यक्रममा नेपालमा भएको प्रजातान्त्रिक विकासक्रम सम्बन्धी छोटो वृत्तचित्र प्रस्तुत गरिएको थियो। साथै राष्ट्रप्रेम अभिप्रेरित गर्ने खालका कवितासमेत वाचन गरिएको थियो।
सो कार्यक्रमको सञ्चालन दूतावासका तृतीय सचिव सोनिया डोटेलले गरेकी थिइन्।
राजदूतावासले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीनदिनसम्म साँझ दिपावली गरी म नाउने कार्यक्रम तय गरेको छ।