अमेरिकी सेनाका एक सार्जेन्टले जर्जियाको साभानानजिकै रहेको फोर्ट स्टुअर्ट–हण्टर आर्मी एयरफिल्डमा बुधबार बिहान व्यक्तिगत ह्यान्डगनबाट पाँच जना सैनिकहरूलाई गोली प्रहार गरेका छन्।
घटनाका अभियुक्त २८ वर्षीय क्वोर्नेलियस राडफोर्ड हुन्। सक्रिय ड्युटीका सार्जेन्ट हुन्, उनले स्वचालित हतियारमा विशेषज्ञता राख्छन्।
उनी दोस्रो आर्म्ड ब्रिगेड कम्ब्याट समूह अन्तर्गतको आपूर्ति इकाइमा कार्यरत थिए।
उनी सन् २०२२ देखि फोर्ट स्टुअर्टमा तैनाथ थिए। उनलाई यसअघि युद्ध क्षेत्रमा पठाइएको थिएन।
स्थानीय समय अनुसार बिहान ११ बजेभन्दा केही समय राडफोर्डले आफू कार्यरत रहेको स्थानमा सहकर्मीहरूमाथि गोली चलाएका थिए।
फोर्ट स्टुअर्ट जर्जियाको हाइन्सभिलमा अवस्थित छ। यो ठाउँ एटलान्टाबाट २२५ माइल र साभानाबाट ४० माइल टाढा पर्छ। २०२० को जनगणनाअनुसार यहाँको जनसंख्या करिब ९ हजार छ।
रोयटर्सका अनुसार घटनापछि उनलाई अन्य सैनिकहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए, अमेरिकी सैन्य अधिकारीहरूले जनाएका छन्।
फोर्ट स्टुअर्टका कमाण्डर ब्रिगेडियर जनरल जोन लुबासका अनुसार, घाइते पाँचै जना सैनिकको अवस्था स्थिर छ, उनीहरू छिट्टै स्वस्थ हुने अपेक्षा गरिएको छ, तीन जनाको शल्यक्रिया गरिएको छ।
घटनापछि आसपासमा रहेका अन्य सैनिकले राडफोर्डलाई नियन्त्रणमा लिएर प्रहरीले बुझाएका थिए। त्यसपछि सेनाको अनुसन्धान टोलीले उनलाई सोधपुछ सुरु गरेको थियो।
कमाण्डर लुबासका अनुसार बन्दुक कसरी बेसको सुरक्षा प्रणाली पार गरेर भित्र ल्याइयो भन्ने कुरा अहिलेसम्म अज्ञात छ। राडफोर्डको पृष्ठभूमिबारे धेरै उपलब्ध गराइएको छैन। तर उनीमाथि उनले विगतमा एकपटक मादक पदार्थ सेवन गरी गाडी चलाइएको थियो।
घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले पूरा देश पीडित र तिनका परिवारहरूका लागि प्रार्थना गरिरहेको उल्लेख गरेका छन्। पत्रकारहरुसँगको कुराकानीमा उनले राडफोर्डलाई ‘भयानक व्यक्ति’ भनेका छन्।
यो आक्रमणको स्पष्ट उद्देश्य के थियो, त्यो अझै खुलाइएको छैन।
अमेरिकामा बन्दुकको उपलब्धता व्यापक छ, जसका कारण यस्ता सामूहिक गोलीकाण्डहरू सामान्यजस्तै भएका छन्।
अत्याधिक सुरक्षित मानिने सैनिक ब्यारेकहरु पनि बन्दुक प्रहारका घटनाबाट जोगिएका छैनन्।
जस्तो, कि सन् २००९ मा टेक्सासको फोर्ट हुडमा एक मेजरले मेडिकल भवनमा १३ जनाको हत्या गरेका थिए भने २०१४ मा फोर्ट हुडमै अर्का एक सैनिकले तीन जनाको हत्या गरेको थिए, १६ जनालाई घाइते बनाएका थिए।
त्यसअघि २०१३ मा वाशिंगटन नेभी यार्डमा एक डिफेन्स ठेकेदारले १२ जनाको ज्यान लिएका थिए।
२०१९ मा फ्लोरिडापनि यस्तै घटना भएको थियो। त्यहाँको पेंसाकोला नेभी बेसमा एक साउदी एयरफोर्सका प्रशिक्षार्थीले ३ जनाको हत्या गरेका थिए। सो घटनामा ८ जना घाइते भएका थिए।
घटनाबारे जानकारी दिँदै अमेरिकी सेनाका ब्रिगेडियर जनरल जोन लुबास