चिनियाँ राष्ट्रपति सी नेपालसँग सीमा जोडिएको तिब्बतको राजधानी ल्हासामा

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालसँगै सीमा जोडिएको तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका छन्।

तिब्बत स्वायत्त क्षेत्रको ६० औं स्थापना वार्षिकोत्सवका सन्दर्भमा राष्ट्रपति सी ल्हासा आइपुगेका हुन्।

प्राचीनकालदेखि नै नेपालसँग सम्बन्ध रहेको ल्हासा चीनको त्यस्तो प्रादेशिक राजधानी हो, जहाँ बाह्य मुलुकको एउटामात्र कुटनीतिक नियोग रहेको छ।

ल्हासामा रहेको एकमात्र विदेशी कुटनीतिक नियोग भनेको नेपालको महावाणिज्य दूतावास हो।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव र केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति शीलाई विमानस्थलदेखि ल्हासाको सहरसम्म विभिन्न जातजातिका तिब्बती जनताले हार्दिक स्वागत गरेका थिए।

राष्ट्रपति सीसँग सँग चीनको राष्ट्रिय जनपरामर्शदात्री सम्मेलन (सीपीपीसीपी) का अध्यक्ष तथा केन्द्रीय प्रतिनिधिमण्डलका प्रमुख वाङ हुनिङ, सीपीसी केन्द्रीय समितिका जनरल अफिसका निर्देशक छाइ ची पनि सहभागी छन्।

वाङ र छाई दुबैजना सीपीसीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो स्थायी समितिका सदस्य समेत हुन्।

तिब्बत स्वायत्त क्षेत्र स्थापनाको ६० वार्षिकोत्सव भव्य रूपमा मनाउन ल्हासामा तयारी तीब्र पारिएको छ। ल्हासा शहरभर राष्ट्रिय झण्डा र रङ्गीचंगी ब्यानरहरू रूपमा फहराइरहेका छन्।

मजदुरहरूले शहर सजाउने कामलाई अन्तिम रूप दिइरहेका छन्।