अमेरिकाद्वारा इण्डो-प्यासिफिक क्षेत्रका सैन्यप्रमुखको सम्मेलन आयोजना, प्रधानसेनापति सिग्देलको सहभागिता

  • २०८२ भाद्र ८, आईतवार

थाइल्याण्डको हुआ हिनमा आयोजना हुने चिफ अफ डिफेन्स कन्फरेन्स (सीएचओड अर्थात् ‘चोड’) मा सहभागी हुने भएका छन्।

सो कन्फरेन्स थाइल्याण्डको रोयल आम्र्ड फोर्सको सहकार्य र अमेरिकी सेनाको इण्डो-प्यासिफिक कमाण्ड को सह-आयोजनामा हुन लागेको हो।

सम्मेलन १०-१२ भदौ (२६-१८ अगष्ट) मा हुनेछ। त्यसका लागि प्रधानसेनापति थापा सिग्देल सोमबार (९ भदौ) मा थाइल्याण्डतर्फ प्रस्थान गर्नेछन्।

यो सम्मेलन २०५६ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको छ, जसमा नेपाली सेनाको सहभागिता निरन्तर हुने गरेको छ।

कार्यक्रममा सहभागी राष्ट्रका सेनाप्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच, अन्तर्राष्ट्रिय सहकार्य तथा सामयिक समस्याबारे छलफल हुने अपेक्षा गरिएको आइतबार एक प्रेसविज्ञप्तीमार्फत् सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सम्मेलनले सहकार्य गर्ने राष्ट्रका सेनाबीच आपसी सम्बन्ध विस्तार गर्ने, नेपालले अवलम्बन गर्दै आएको परराष्ट्र नीतिको प्रभावकारी योगदानलाई अन्तर्राष्ट्रिय समुदायमा उजागर गर्ने अवसर प्राप्त हुने नेपाली सेनाले उल्लेख गरेको छ।

अमेरिका पछिल्लो समय इण्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभाव बढ्न नदिन प्रयासरत छ। त्यही कारण इण्डो-प्यासिफिक क्षेत्र अमेरिका-चीन रणनीतिक प्रतिस्पर्धाको मुख्य मैदान बन्न पुगेको छ।

यद्यपी, अमेरिकी सेनाको इण्डो-प्यासिफिक कमाण्डले आयोजना गर्ने यो सम्मेलनमा कहिलेकाहीँ चिनियाँ सेनाको समेत सहभागिता रहने गरेको छ।

जस्तो, सन् २०२४ मा आयोजित सम्मेलनमा चिनियाँ जनमुक्ति सेनाका जनरल उ यनान नेतृत्वको टोलीले सम्मेलनमा सहभागिता जनाएको छ।

गतसाल चिनियाँ सेनाको सहभागिता सम्मेलनमा रहेपनि यसैगर सबै वर्षहरुमा चिनियाँ सेनाको सहभागिता जनाउने गरेको छैन।

‘चोड’ सम्मेलनलाई इण्डो-प्यासिफिक क्षेत्रका सेनाप्रमुखहरूको सबैभन्दा ठूलो बहुपक्षीय सुरक्षा मन्च मानिन्छ।

बिसं २०५६ (सन् १९९८) देखि हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मेलनलाई अमेरिकी सेनाको इण्डो-प्यासिफिक कमाण्डले विभिन्न साझेदार मुलकहरुसँगको सहकार्यमा प्रत्येक वर्ष आयोजना गर्दै आएको छ।

यो सम्मेलनमा इण्डो-प्यासिफिक ३० देखि ४० राष्ट्रका सेनाप्रमुख वा रक्षा प्रमुख सहभागी हुँदै आएका छन्।

सम्मेलनमा सहभागी राष्ट्रका सुरक्षासँग प्रमुखहरूले अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, समुद्री मार्गको स्वतन्त्रता, साइबर सुरक्षा, आतंकवाद, प्राकृतिक विपत्ति व्यवस्थापन,नयाँ रणनीतिक योजनासम्मका विषयमा विचार-विमर्श गर्ने गरेका छन्।

प्रधानसेनापति सिग्देल सम्मेलनका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो। सिग्देलको अनुपस्थितमा कार्यवाहक प्रधानसेनापतिको कार्यभार रथी निर्मल कुमार थापाले सम्हाल्नेछन्।

  • २०८२ भाद्र ८, आईतवार