जुलाई १५ का दिन चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङको मुटमा रहेको ग्रेट हल अफ दिन पिपुलको भव्य फुजियान हलमा शाङ्घाई सहयोग संगठन (एससीओ) का उच्चतहका कूटनीतिज्ञ तथा स्थायी निकायका प्रमुखहरुलाई स्वागत गरे।
त्यसक्रममा सीले‘चीनले सधैं आफ्ना छिमेकी कूटनीतिमा एससीओलाई प्राथमिकता दिएको छ, र यस संगठनलाई थप सार्थक र शक्तिशाली बनाउन प्रतिबद्ध’ रहेको बताए।
यो प्रतिबद्धता चीनले लामो समयदेखि शान्ति र विकासको मैत्रीपूर्ण छिमेकी वातावरण निर्माण गर्न गरेको निरन्तर प्रयाससँग मेल खान्छ।
सीले गत जुनमा कजाखस्तानको अस्ताना भ्रमणका क्रममा भनेझैँ, चीनको छिमेकी नीति सद्भाव, सुरक्षा र समृद्ध छिमेकमा विश्वास गर्ने र मैत्री, ईमानदारी, आपसी लाभ र समावेशी भावनामा आधारित छ।
सीले उत्तरी सहर तिआन्जिनमा ३० अगष्ट-१ सेप्टेम्बरका लागि सांघाई कोअपरेशन अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलन आयोजना गरेका छन्, जहाँ उनी र अरू राष्ट्रप्रमुखहरूले क्षेत्रीय सुरक्षा तथा समृद्धि प्रवर्द्धनका लागि रणनीति तय गर्ने र साझा भविष्यसहितको अझ नजिक एससीओ समुदाय निर्माणतर्फ ठोस कदम चाल्नेछन्।
छिमेकपनको सम्बन्ध र साझेदारी
राष्ट्रपति सीले यसवर्ष तीन विदेश भ्रमण गरेका छन्। ती मध्ये दुई-रुस र कजाखस्तान एससीओ सदस्य राष्ट्र हुन्।
गत जुनमा दोस्रो चीन-मध्य एसिया शिखर सम्मेलनका लागि अस्तानामा पुगेका बेला राष्ट्रपति सीलाई कजाख राष्ट्रपति कासिम-जोमार्त तोकायेभले न्यानो स्वागत गरेका थिए। चीनको राष्ट्रपति बनेपछि सीको यो छैटौं कजाखस्तान भ्रमण थियो।
चीन-मध्य एसिया शिखर सम्मेलन ‘प्राचीन रेशम मार्ग’ सँग जोडिएका भूपरिवेष्ठित छिमेकी मुलुकहरूसँग चीनको सम्बन्धलाई सुदृढ गर्न ‘डिजाइन’ गरिएको हो।
सो कार्यक्रममा सीले भनेका थिए, ‘मध्य–एसियाली राष्ट्रमा प्रचलिन एउटा उखानले सद्भाव र एकतालाई खुशी र सम्पत्तिसँग तुलना गर्छ। हामी सधैं आफ्ना छिमेकीहरूको भलो चाहन्छौं।’
सबैभन्दा बढी छिमेकी भएका मुलुकहरूमध्येमा पर्छ चीन। दशकौँदेखि छिमेकीहरूसँग नजिकको सहकार्य निर्माण गर्नु बेइजिङको परराष्ट्र नीतिको आधारस्तम्भ हो। यसक्रममा राष्ट्रपति सीले शान्तिपूर्ण र मैत्रीपूर्ण छिमेकी वातावरण निर्माणमा जोड दिएका छन्।
सन् २०१३ मा जब उनी पहिलो पटक चीनका राष्ट्रप्रमुख निर्वाचित भए, उनले छिमेकी कूटनीतिक बैठकमा ‘मैत्री, इमानदारी, आपसी लाभ र समावेशिता’ को सिद्धान्त अघि सारेका थिए।
यसै वर्ष अप्रिलमा बेइजिङमा आयोजित छिमेकी मुलुकसम्बन्धी सम्मेलनमा सीले छिमेकीहरूसँग साझा भविष्यको समुदाय निर्माण गर्न आह्वान गरे।
सन् २०१३ बिस्केकमा भएको एससीओको शिखर सम्मेलनमा राष्ट्रपति सीले दीर्घकालीन मैत्री, सद्भाव र सहयोग सम्बन्धी सन्धि कार्यान्वयन’ को गम्भीर प्रस्ताव गरेका थिए।
त्यसपछि उनले २०१८-२०२२ कार्ययोजना अघि सारे, जसलाई चिनियाँ शहर छिङ्दाओमा भएको ऐतिहासिक शिखर सम्मेलनले पारित गर्यो। पछिल्लो पटक २०२२ मा उजबेकिस्तानको समरकन्दमा २०२३–२०२७ कार्यान्वयन योजना पनि अनुमोदन भएको छ।
एससीओ न कुनै गठबन्धन हो, न अरू कसैप्रति लक्षित गर्ने संगठन। बरु यसले खुलापन र समावेशिता अँगालेको छ। राष्ट्रपति सीका शब्दमा यो एक त्यस्तो ‘ठूलो परिवार’ हो। यो शाङ्घाई आत्मा (शाङ्घाई स्पिरिट) का आधारमा-आपसी विश्वास, समानता, विविधताको सम्मान र साझा विकास-एससीओ आज विश्वकै सबैभन्दा ठूलो भौगोलिक क्षेत्र र जनसंख्या समेट्ने क्षेत्रीय संगठन बनेको छ।
गत वर्ष अस्ताना शिखर सम्मेलनमा बेलारुस दशौं सदस्य राष्ट्रका रूपमा सामेल भयो। यसै जुनमा राष्ट्रपति सीले बेइजिङमा बेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकासेन्कोलाई स्वागत गरे। लुकासेन्कोले चीनले दिएको गहिरो मित्रताको अनुभूति भएको बताए।
सन् २०२३ देखि अहिलेसम्म राष्ट्रपति सीले दर्जनौं पटक एससीओ सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गरेका छन्। यी उच्चस्तरीय सम्पर्कहरूले संगठनभित्र सहकार्यलाई सुदृढ पारेको मात्र छैन, नेताहरूबीच व्यक्तिगत विश्वास र मित्रतालाई पनि बलियो बनाएको छ।
राष्ट्रपति सीले एकपटक भनेका थिए, ‘नातेदार र साथीबीच पनि, बढी सम्पर्क हुँदा आत्मीयता बढ्छ।’
शान्तिको साझा घर
सन् २०२४ मा अस्तानामा आयोजित वार्षिक शिखर सम्मेलनका क्रममा ‘एससीओ प्लस’ बैठकमा राष्ट्रपति सीले ‘शान्ति र स्थिरताको साझा घर’ निर्माणलाई पाँच प्राथमिकतामध्ये एकका रूपमा प्रस्तुत गरे।
सन् २००१ मा एससीओ स्थापनाको बेला आतंकवाद, पृथकतावाद र उग्रवाद जस्ता ‘तीन खराब शक्ति’ मध्य एसियाका गम्भीर चुनौती थिए। त्यसबेलादेखि नै क्षेत्रीय सुरक्षाको संरक्षण ‘एससीओ’ सहयोगको आधारस्तम्भका रुपमा रहेको छ।
राष्ट्रपति सीले सदैव सुरक्षा सहयोगलाई मजबुत बनाउन आग्रह गर्दै आएका छन्। उनले २०१४ मा दुशान्बे शिखर सम्मेलनमा ‘चरमपन्थविरुद्धको एससीओ अभिसन्धि’ प्रस्ताव गरेका थिए, त्यसमाथि जुन २०१७ मा अस्तानामा हस्ताक्षर भयो।
लागुऔषध तस्करी, संगठित अपराध र साइबर आतंकवादविरुद्धको अभियानका पनि दृढ समर्थक रहेका छन् राष्ट्रपति सी।
यसै महिनाको सुरुतिर एससीओले ‘वेब’ नामक लागुऔषधविरोधी संयुक्त अपरेशन सञ्चालन गर्यो, त्यसक्रममा करिब १० टन अवैध लागुऔषध बरामद भएको थियो।
राष्ट्रपति सीले अन्य क्षेत्रीय संयन्त्रमार्फत् पनि साझा सुरक्षा प्रवर्द्धन गर्ने प्रयास गरेका छन्। २०१४ मा शाङ्घाई सम्मेलनमा उनले ‘साझा, व्यापक, सहकारी र दिगो सुरक्षा’ को दृष्टिकोण अघि सारे। २०२२ मा बोआओ सम्मेलनमा उनले ‘विश्व सुरक्षा पहल’ ९न्यिदब िक्भअगचष्तथ क्ष्लष्तष्बतष्खभ० प्रस्तुत गरे।
समृद्धिको फल
गत वर्ष कजाखस्तानमा आयोजित शिखर सम्मेलनबाट एससीओको अध्यक्षता ग्रहण गरेपछि राष्ट्रपति सीले २०२५ लाई ‘दीगो विकास वर्ष’ घोषणा गर्न प्रस्ताव गरेका थिए।
अघिल्ला वर्षहरूमा नै उनले एससीओको दीगो विकासलाई प्रवर्द्धन गर्न विभिन्न पहल र परियोजनाहरू अघि सारेका छन्। २०१९ को बिस्केक शिखर सम्मेलनमा उनले चिनियाँ प्रान्त शान्सीमा ‘कृषि प्रविधि आदानप्रदान र तालिमको लागि प्रदर्शन आधार स्थापना’ गर्ने घोषणा गरेका थिए।
यसक्रममा हालसम्म २ हजार भन्दा बढी कृषि अधिकारी तथा प्राविधिकलाई तालिम दिइएको छ, जसले सदस्य मुलुकहरूको गरिबी निवारण प्रयासलाई बल पुर्याएको छ।
यसै वर्ष मे महिनामा शान्सी प्रान्तमा आयोजित गरिबी निवारण तथा दीगो विकास फोरममा राष्ट्रपति सीले शुभकामना सन्देश पठाए। त्यसलाई सहभागी राष्ट्रहरूले चीनको साझा समृद्धि निर्माणप्रतिको प्रतिबद्धता भनेर व्याख्या गरेका थिए।
त्यसैगरी उनले बेल्ट एन्ड रोड इनिसियटिभलाई (बीआरआई) लाई एससीओ मुलुकहरूको विकास रणनीतिसँग जोडिरहेका छन्। चीन-किर्गिस्तान-उजबेकिस्तान रेलमार्ग परियोजना- जसको शुभारम्भ गत वर्ष भयो- उच्च गुणस्तरको सहकार्यको उत्कृष्ट उदाहरण हो।
चीन र एससीओका सदस्य, अब्जर्भर (पर्यवेक्षक) र संवाद साझेदार (डायलग पार्टनर) राष्ट्रबीचको व्यापार २०२४ मा ८९० अर्ब अमेरिकी डलर पुगेको छ, जुन चीनको कुल वैदेशिक व्यापारको १४.४ प्रतिशत हो।
कजाख पत्रकार सेरिक कोर्जुम्बायेभका अनुसार, राष्ट्रपति सीको दृष्टि केवल दर्शन होइन, बरु आपसी सम्मानमा आधारित बहुआयामिक विकासको खाका हो।