चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा नयाँ युगमा चिनियाँ विशेषतासहित बाढी र आँधीबेहरी जस्तै चुनौतीहरू सामना गर्दै सन् २०२५ मा विश्वका प्रमुख मुलुकहरुसँग आफ्नो सम्बन्ध र कूटनीति जबर्जस्त रुपमा अघि बढाएको छ।
राष्ट्रपति सीले चीनद्वारा आयोजना गरिएका थुप्रै महत्वपूर्ण कूटनीतिक कार्यक्रमहरूमा सहभागिता जनाए। तीमध्ये चीन-सेलाक (ल्याटिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदाय) फोरमको चौथो मन्त्रीस्तरीय बैठकको उद्घाटन समारोह, शाङ्घाई सहयोग संगठन (एससीओ) को तियान्जिन शिखर सम्मेलन, चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवसम्बन्धी कार्यक्रमहरू र महिला सम्बन्धी विश्व नेताहरूको बैठक प्रमुख छन्।
यसका साथै उनले दक्षिण-पूर्व एशिया, रूस, मध्य-एशिया र दक्षिण कोरियासम्म चार महत्वपूर्ण विदेश भ्रमण गरे र बहुपक्षीय शिखर सम्मेलनका शृंखलाहरुमा पनि भाग लिए। यी प्रयासहरूले समानता, खुलापन र सहकार्यमा आधारित चीनका विश्वव्यापी साझेदारीहरूलाई अझ सुदृढ र विस्तारित गरेका छन्।
चीन र लाटिन अमेरिका तथा क्यारिबियन (सीइएलएसी) देशहरू ‘ग्लोबल साउथ’ का महत्वपूर्ण सदस्य हुन्। स्वतन्त्रता र आत्मनिर्णय हाम्रो गौरवशाली परम्परा हो। विकास र पुनर्जागरण हाम्रो अन्तर्निहित अधिकार हो। निष्पक्षता र न्याय हाम्रो साझा लक्ष्य हो।
-१३ मे २०२५ मा आयोजित चीन-सेलाक फोरमको चौथो मन्त्रीस्तरीय बैठकको उद्घाटन समारोहमा राष्ट्रपति सी चिनफिङद्वारा दिइएको मुख्य भाषणको अंश
इतिहासले हामीलाई बताउँछ कि कठिन समयमा हामीले शान्तिपूर्ण सहअस्तित्वप्रतिको आफ्नो प्रारम्भिक प्रतिबद्धतालाई दृढतापूर्वक कायम राख्नुपर्छ, पारस्परिक लाभमा आधारित सहकार्यप्रतिको विश्वास बलियो बनाउनुपर्छ, इतिहासको धारासँगै अघि बढ्नुपर्छ, र समयसँग कदम मिलाउँदै समृद्ध हुनुपर्छ।
यस उद्देश्यका लागि, म वैश्विक शासन पहल (ग्लोबल गभर्नेन्स इनिसिएटिभ-जीजीआई) प्रस्ताव गर्न चाहन्छु। म सबै देशहरूसँग मिलेर अझ न्यायपूर्ण र समतामूलक विश्व शासन प्रणाली निर्माण गर्न र मानवजातिको साझा भविष्य भएको समुदायतर्फ अघि बढ्न तत्पर छु।
-१ सेप्टेम्बर २०२५ मा तियानजिनमा आयोजित ‘एससीओ प्लस’ बैठकमा राष्ट्रपति सी चिनफिङद्वारा दिइएको भाषणको अंश
इतिहासले हामीलाई चेतावनी दिएको छ कि मानवता सँगै उचाईमा पुग्छ र सँगै पतन पनि हुन्छ। सबै मुलुक र राष्ट्रहरूले एक–अर्कालाई समान व्यवहार, शान्तिपूर्ण सहअस्तित्व कायम र पारस्परिक सहयोग गर्दा मात्र साझा सुरक्षा सुनिश्चित गर्न सकिन्छ र युद्धका मूल कारणहरू उन्मूलन गर्न एवं ऐतिहासिक त्रासदीहरूको पुनरावृत्ति रोक्न सकिन्छ।
-३ सेप्टेम्बर २०२५ मा आयोजित उक्त वार्षिकोत्सव समारोहमा राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङद्वारा दिइएको भाषणको अंश
चिनियाँ आधुनिकीकरणले शान्तिपूर्ण विकासको मार्ग अनुसरण गरेको छ। चीन विश्वमा सधैं शान्ति, स्थायित्व र प्रगतिका लागि एक शक्तिशाली शक्तिका रुपमा रहनेछ। हामी इमान्दारितापूर्वक आशा गर्छौं कि, सबै मुलुकहरुले इतिहासबाट ज्ञान ग्रहण गर्नेछन्, शान्तिको मूल्य बुझ्नेछन्, संयुक्त रूपमा विश्व आधुनिकीकरणलाई अघि बढाउनेछन् र मानवजातिका लागि अझ राम्रो भविष्य निर्माण गर्नेछन्।
-सोही दिन आयोजित स्वागत समारोहमा राष्ट्रपति सी चिनफिङद्वारा दिइएको भाषणको अंश
प्राचीन चिनियाँ उक्तिले भन्छ कि, ‘दृढ समर्पणले दीर्घकालीन सुगन्ध दिन्छ।’ इतिहासको अहिलेको नयाँ प्रारम्भिक बिन्दुमा उभिएर हामी भन्न चाहन्छौँ- आउनुहोस्, बेइजिङ विश्व महिला सम्मेलनको आत्मालाई अघि बढाऔँ, मानवजातिको साझा भविष्य भएको समुदायको लक्ष्यलाई मनन गरौँ, महिलाहरूको सर्वाङ्गीण विकासका लागि नयाँ प्रक्रिया तीव्र बनाऔँ र मानवजातिका लागि अझ उज्ज्वल भविष्य संयुक्त रूपमा सिर्जना गरौँ।
-१३ अक्टोबर २०२५ मा आयोजित महिला सम्बन्धी विश्व नेताहरूको बैठकको उद्घाटन समारोहमा राष्ट्रपति सी चिनफिङद्वारा दिइएको मुख्य भाषणको अंश
जनता नै इतिहासका सर्जक हुन्। दुवै देशका जनताको समर्थन नै चीन-भियतनाम साझा भविष्य भएको समुदाय निर्माणको सुदृढ आधार हो।
-१५ अप्रिल २०२५ मा भियतनामको राजधानी हनोईमा आयोजित चीन-भियतनाम जनमैत्री बैठकका प्रतिनिधिसँगको भेटमा राष्ट्रपति सी चिनफिङद्वारा व्यक्त विचार
साझा भविष्य भएको समुदायका रूपमा चीन र मलेसिया सुख-दुःखमा साथसाथै उभिदै आएका छन्। शान्ति र सङ्कटका समयमा एकजुट रहेका छन् र सँगै फस्टाएका छन्। ‘सुख-दुःखमा साझेदारी’ भन्ने उखानले यस सम्बन्धको सारलाई स्पष्ट रूपमा परिभाषित गर्छ।
-१५ अप्रिल २०२५ मा मलेसियाली सञ्चारमाध्यममा प्रकाशित राष्ट्रपति सी चिनफिङको हस्ताक्षरित लेखको अंश
चीन र कम्बोडिया ‘ग्लोबल साउथ’ का महत्वपूर्ण शक्तिका रूपमा रहेका छन्। त्यसैले उनीहरुले शान्ति, एकता र सहकार्यका साझा मूल्यहरूमा दृढ रहनुपर्छ। एकपक्षीयता र दादागिरीको विरोध गर्नुपर्छ, र साँचो बहुपक्षीयताको अभ्यास गर्नुपर्छ।
— १७ अप्रिल २०२५ मा नोम पेन्हमा कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भएको वार्ताको अंश
आठ दशकअघि हाम्रा मुलुकका जनताहरूले वीरतापूर्ण संघर्षमार्फत फासिवादविरोधी युद्धमा विजय हासिल गरे। आज हामीले हाम्रो सार्वभौमिकता, सुरक्षा र विकास जस्ता समान हितहरूको दृढतापूर्वक रक्षा गर्न सबै आवश्यक उपायहरू अपनाउनुपर्छ।
-७ मे २०२५ मा रुसी पत्रिका रशियन ग्याजेट मा प्रकाशित राष्ट्रपति सी चिनफिङको हस्ताक्षरित लेखको अंश
हाम्रो सहकार्य दुई हजार वर्षभन्दा लामो मैत्रीपूर्ण आदान-प्रदानमा आधारित छ, तीन दशकभन्दा बढी कूटनीतिक सम्बन्धबाट सुदृढ भएको छ, र नयाँ युगको खुलापन तथा पारस्परिक लाभदायी सहकार्यबाट अघि बढिरहेको छ।
-१७ जुन २०२५ मा काजाकिस्तानको अस्तानामा आयोजित दोस्रो चीन-मध्य एशिया शिखर सम्मेलनमा राष्ट्रपति सी चिनफिङद्वारा दिइएको मुख्य भाषणको अंश
चीन विश्वव्यापी लगानीकर्ताहरूका लागि आदर्श, सुरक्षित र आशाजनक गन्तव्य हो। चीनसँग साझेदारी गर्नु अवसरहरूलाई अँगाल्नु हो। चीनलाई विश्वास गर्नु भविष्यप्रति आशावादी हुनु हो। र, चीनमा लगानी गर्नु भनेको भविष्यका लागि लगानी गर्नु हो।
-३१ अक्टोबर २०२५ मा दक्षिण कोरियाको ग्येओन्जुमा आयोजित ‘एपेक सिइओ’ शिखर सम्मेलनमा राष्ट्रपति सी चिनफिङद्वारा प्रस्तुत लिखित भाषणको अंश
चीन र दक्षिण कोरिया कसैले विभाजन गर्न नसक्ने छिमेकी र सहकार्यका साझेदार हुन्। कूटनीतिक सम्बन्ध स्थापना भएयताका ३३ वर्षमा दुबै मुलुकले सामाजिक प्रणाली र विचारधाराका भिन्नताहरू पन्छाउँद्यै सर्वाङ्गीण आदान-प्रदान र सहकार्यलाई सशक्त रूपमा अघि बढाएका छन्।
-१ नोभेम्बर २०२५ मा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भएको वार्ताको अंश
(यो सामाग्री चिनियाँ दैनिक पत्रिका ‘पिपुल्स डेली’ को डिसेम्बर ३१, २०२५ को अनलाईन संस्करणबाट लिइएको हो।)
