उच्च मापदण्डसहित पूर्ण र कठोर पार्टी स्व-शासनलाई अघि बढाउन सीपीसीको पहल

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनपिmङले उच्च मापदण्डसहित पूर्ण र कठोर पार्टी आत्म–शासनलाई अघि बढाउन आह्वान गरेका छन्। साथै १५औँ पञ्चवर्षीय योजना अवधि (२०२६–२०३०) का लक्ष्य र कार्यहरू हासिल गर्न बलियो प्रत्याभूति प्रदान गर्न थप ठोस उपायहरू आवश्यक रहेकोमा पनि जोड दिएका छन्।

चीनका राष्ट्रपति तथा केन्द्रीय सैनिक आयोगका अध्यक्ष समेत रहेका पार्टी महासचिव सीले सोमबार (२८ जनवरी) बेइजिङमा आयोजित सीपीसीको २०औँ केन्द्रीय अनुशासन निरीक्षण आयोग (सीसीडीआई) को पाँचौँ पूर्ण अधिवेशनलाई सम्बोधन गर्दै यी भनाइ व्यक्त गरेका हुन्।

प्रमुख निर्णयहरूको कार्यान्वयन
बैठकमा राष्ट्रपति सीले सीपीसी केन्द्रीय समितिका प्रमुख निर्णय र योजनाहरूको कार्यान्वयनको महत्त्वलाई विशेष रूपमा जोड दिएका थिए। यसलाई सीपीसीको अधिकार कायम राख्ने तथा यसको केन्द्रिकृत र एकीकृत नेतृत्वलाई सुदृढ बनाउने आधारभूत आवश्यकताको रुपमा पनि व्याख्या गरेका थिए।

राष्ट्रिय प्रशासन प्रतिष्ठान (नेसनल गभर्नेन्स एकेडेमी) का प्राध्यापक हाओ डोङका अनुसार, यो वर्ष १५औँ पञ्चवर्षीय योजना अवधिको अत्यन्तै महत्वपूर्ण प्रारम्भिक वर्ष हो त्यसैले पार्टी केन्द्रीय समितिका प्रमुख निर्णयलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्न बलियो र प्रभावकारी अनुशासनात्मक सुरक्षा अनिवार्य हुनेछ।

‘पार्टी शासन र अनुशासन कार्यान्वयन जति प्रभावकारी हुन्छ, त्यसले त्यति नै बलियो गरी आर्थिक तथा सामाजिक विकासमा प्रत्याभूति गर्न सक्छ’ हाओले भने, ‘आत्म–सुधारमार्फत् गहिरोगरी जरा गाडेर बसेका समस्या सच्याउने, स्वस्थ राजनीतिक वातावरण निर्माण गर्ने, अधिकारीहरूलाई जिम्मेवारी लिन उत्प्रेरित गर्ने तथा जनसमर्थन एकत्रित गर्ने कार्यले चीनको सामाजिक तथा आर्थिक विकासमा निरन्तर सकारात्मक गति थप्न सकिन्छ।’

सबै तहका पार्टी संगठनहरूका साथै पार्टी सदस्य र अधिकारीहरूले राजनीतिक जिम्मेवारीको भावना अझ सुदृढ बनाउँदै २०औँ सीपीसी केन्द्रीय समितिको चौथो पूर्ण अधिवेशनका निर्णय र योजनाहरूलाई ठोस कार्यमार्फत कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रपति सीले जोड दिएका छन्।

प्रमुख निर्णयहरू पूर्ण रूपमा कार्यान्वयन भइरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न अझ लक्षित, सटीक र नियमित अनुगमन तथा निरीक्षण आवश्यक रहेको पनि उनले बताएका छन्।

बेइजिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयको मार्क्सवाद स्कूलका डिन सोंग वेइका अनुसार, ‘अझ लक्षित, सटिक र नियमित सुपरिवेक्षण’ ले अनुगमन विधिहरूमा उच्च मापदण्ड माग गर्दछ। ग्रामीण तहमा सामूहिक सम्पत्ति व्यवस्थापन र गरिबी निवारण कोष वितरणजस्ता तल्लो तहका क्षेत्रमा व्यापक रुपमा डाटाहरु र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगले पारदर्शिता उल्लेखनीय रूपमा बढाएको छ।

उनले भने, ‘यसले राष्ट्रपति सीले जोड दिएको ‘सटीक, प्रभावकारी र नियमित’ अनुगमनको महत्वपूर्ण अभ्यास प्रतिनिधित्व गर्दछ।’

शक्तिलाई संस्थागत पिँजडाभित्र सीमित
राष्ट्रपति सीले शक्तिलाई संस्थागत पिँजडाभित्र सीमित गर्नु पूर्ण र कठोर पार्टी आत्म–शासन अभ्यासको एक महत्वपूर्ण कार्य भएकोमा पनि जोड दिएका छन्।

२०१२ मा सम्पन्न १८औँ राष्ट्रिय महाधिवेशनपछि, सीपीसी केन्द्रीय समितिले आठ–बुँदे निर्णय ल्याएको थियो। ती निर्णय जनताले सबैभन्दा बढी चासो राख्ने विषयहरूप्रति लक्ष्यित थिए। स्पष्ट नियम र कडा नियन्त्रणमार्फत् सो निर्णयले पार्टी आचरण र सरकारी व्यवहारमा उल्लेखनीय सुधार ल्याएको छ।

२०२६ को सुरुवातमा केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षण आयोगले आठ–बुँदे निर्णय उल्लङ्घनका सातवटा प्रतिनिधि घटनाहरू उजागर गरेका थिए। त्यस अन्तर्गत सार्वजनिक रूपमा नाम र विवरण सार्वजनिक गरिएको थियो। यस कार्यले समस्याहरूलाई प्रत्यक्ष रूपमा पर्दाफास गरेको थियो र बलियो भयको प्रभाव सिर्जना गरेको थियो।

मध्य–शरद उत्सव, राष्ट्रिय दिवस, नयाँ वर्ष तथा वसन्त पर्वजस्ता प्रमुख चाडपर्वको आसपास यस्ता प्रतिनिधि घटनाहरू सार्वजनिक गर्ने अभ्यास नियम जस्तै बनिसकेको छ। यो विषय प्रत्येक महत्वपूर्ण समयबिन्दुमा कडा निगरानी राख्दै पार्टी आचरण सुदृढ बनाउने दीर्घकालीन प्रयासको हिस्सा बनिसकेको छ।

हाओका भनाईमा, आठ–बुँदे निर्णयलाई नयाँ युगमा सीपीसीको विश्वसनीयता निर्माण गर्ने ऐतिहासिक कदमको रूपमा वर्णन गरिएको छ। र, यसले असल अभ्यासलाई सामाजिक मान्यतामा रूपान्तरण गर्न मद्दत गरेको छ। साथै यसबाट पूर्ण तथा कठोर पार्टी स्वशासनलाई प्रवर्द्धन गरिएको देखिन्छ।

सोमबारको पूर्ण अधिवेशनमा राष्ट्रपति सीले शक्तिलाई संस्थागत पिँजडाभित्र राख्न नियम र कानुनहरू निरन्तर सुधार गर्नु मात्र पर्याप्त नभई तिनको कडाइका साथ कार्यान्वयन पनि अत्यावश्यक रहेकोमा जोड दिएका थिए।

सोंगले चाहिँ मे २०२५ मा पार्टी केन्द्रीय समितिद्वारा पार्टी तथा सरकारी निकायहरूमा मितव्ययिता प्रवर्द्धन गर्ने र अपव्ययको विरोध गर्ने उद्देश्यले जारी नियमको उदाहरण दिए।

‘त्यो नियमको सबैभन्दा महत्वपूर्ण विषय भनेको त्यसको कार्यान्वयनमा प्रभावकारी निगरानी हो’ उनले भने, ‘हुने आएका उल्लङ्घनहरूलाई दृढतापूर्वक सच्याइयो र गम्भीर रूपमा कारबाही गरिएको छ। यसले महासचिव सीले प्रणाली स्थापनामा मात्र होइन, तिनको प्रभावकारी सञ्चालनमा पनि जोड दिएको स्पष्ट देखाउँछ।’

भ्रष्टाचारविरुद्धको संघर्ष
गत वर्ष सम्पन्न २०औँ ‘सीसीएमआई’ को चौथो पूर्ण अधिवेशनमा राष्टपति सीले भ्रष्टाचारविरुद्धको संघर्ष अझै पनि गम्भीर र जटिल रहेको तथा भ्रष्टाचार जन्मिने आधार र अवस्थाहरू हटाउनु अझै कठिन कार्य भएको बताएका थिए।

सोमबारको बैठकमा उनले पुनः स्पष्ट पारे कि भ्रष्टाचारविरुद्धको लडाइँ पार्टीले हार्न नसक्ने र कहिल्यै हार्न नहुने प्रमुख संघर्ष हो।

‘भ्रष्टाचारविरुद्धको संघर्ष पार्टीको शासनको आधार र पार्टीप्रतिको जनविश्वाससँग प्रत्यक्ष रूपमा सम्बन्धित छ’ सोंगले भने, ‘पार्टी र राज्यको समग्र विकासको दृष्टिकोणबाट हेर्दा यो संघर्ष कहिल्यै रोक्न वा यसबाट पछि हट्न मिल्दैन। यो गोली नचल्ने युद्ध हो।’

सीले १८औँ सीपीसी राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीले भ्रष्टाचारविरुद्ध लड्न लक्षण र मूल कारण दुबैलाई सम्बोधन गर्ने, अधिकारीहरू ‘भ्रष्टाचार गर्न गर्दैनन्’, ‘भ्रटाचार गर्न सक्दैनन्’ र ‘भ्रष्टाचार गर्न चाहँदैनन्’ भन्ने सुनिश्चित गर्ने एकीकृत दृष्टिकोणसहित चिनियाँ विशेषताको मार्ग निर्माण गरेको उल्लेख गर्दै आएका छन्। भ्रष्टाचार गर्नेहरूलाई लुक्ने कुनै ठाउँ नछोड्ने दृढ अडान कायम राख्नुपर्नेमा पनि उनले जोड दिँदै आएका छन्।

चीन राजनीति तथा कानुन विश्वविद्यालय अन्तर्गत राष्ट्रिय पर्यवेक्षण तथा भ्रष्टाचारविरोधी अनुसन्धान केन्द्रका निर्देशक काओ लिउका अनुसार,
‘भ्रष्टाचार गर्न नडराउने’ हरुले ले कडा डर–प्रभावमा ध्यान दिन्छन् भने ‘भ्रष्टाचार गर्न नसक्ने’ ले संस्थागत र प्रणालीगत नियन्त्रणमा जोड दिन्छन्, यसैगरी ‘भ्रष्टाचार गर्न नचाहने’ हरु स्वच्छ राजनीतिक संस्कृतिको विकास र नैतिक चेतनाको सुदृढीकरणमा केन्द्रित हुन्छन्।

काओले थपे, ‘यी तीनै पक्षको समन्वित र एकीकृत प्रभाव हासिल गर्नु नै १८औँ सीपीसी राष्ट्रिय महाधिवेशनपछिको, अझ विशेषगरी २०औँ राष्ट्रिय महाधिवेशनपछिको चीनको निरन्तर भ्रष्टाचारविरोधी प्रयासको प्रमुख विशेषता बनेको छ।’

हाओका अनुसार सीको भाषणले दुई स्पष्ट सन्देश दिएको छ।

एक, पूर्ण र कठोर पार्टी स्व–शासनलाई अघि बढाउने विषयमा पार्टी दृढ सङ्कल्पित छ।

दुई, पार्टीले अझ वैज्ञानिक र समस्या–केन्द्रित दृष्टिकोणमार्फत् अनुशासन निरीक्षण र पर्यवेक्षणलाई निरन्तर सुदृढ बनाउँदै जानेछ।

उनी भन्छन्, ‘आत्म–शुद्धीकरण, आत्म–सुधार र आत्म–पुनर्संरचनाको क्षमता निरन्तर अभिवृद्धि गरे मात्र चिनियाँ आधुनिकीकरण स्थिर र दीगो रूपमा पार्टी अघि बढ्न सक्छ।’