टापु-व्यापी विशेष भन्सार सञ्चालन सुरु भएको एक महिना पूरा हुँदा दक्षिण चीनको हाइनान स्वतन्त्र व्यापार बन्दरगाह (एचएफटीपी) ले सहज र व्यवस्थित रूपमा कामकाज निरन्तरता दिइरहेको छ।
यस अवधिमा ढुवानी (लजिस्टिक्स( कार्यक्षमता, यात्रु सुविधा र आर्थिक समेकनमा प्रारम्भिक उपलब्धिहरू देखिएका छन्, जसले चीनको उच्चस्तरीय खुलापन (हाइलेभल ओपनिंगअप) प्रति प्रतिबद्धतालाई उजागर गर्छ।
विदेशबाट मुख्य रूपमा मोती आयात गर्ने हाइनान हेरेन पर्ल कम्पनी लिमिटेड हाइनान एफपीटी पोलिसीको प्रत्यक्ष लाभग्राहीका रूपमा देखा परेको छ।
‘मूल्य–वर्धित प्रशोधन नीति (भ्यालु एडेट प्रोसेडिंग पोलिसी) अन्तर्गत कम्पनीले आफ्ना उच्च मूल्यका उत्पादनहरू मुख्यभूमि चीनमा ट्याक्स फ्री (करमुक्त) रूपमा बिक्री गर्न सक्छ’ कम्पनीका अध्यक्ष झाङ शिछोङ भन्छन्, ‘यसले कम्पनीको कुल करभार करिब ५२ प्रतिशतबाट घटेर करिब २६ प्रतिशतमा झरेको छ र बचत भएको रकम अनुसन्धान तथा विकासमा लगानी गर्न सकिएको छ।’
‘एफपीटी’ ले ठूलो सम्भावना बोकेको छ’ झाङले भने, ‘र, भविष्यमा अझ धेरै नीतिगत लाभहरू जारी हुनेछन्।’
विशेष भन्सार नीतिमध्ये एउटा महत्वपूर्ण नीति ‘पहिलो रेखामा बढी स्वतन्त्र पहुँच’ हो, जसको अर्थ हाइनान र चीनको भन्सार सीमाबाहिरका क्षेत्रहरूबीचको व्यापारलाई थप स्वतन्त्र बनाउनु हो।
त्यसैगरी ‘दोस्रो रेखामा नियमनसहितको पहुँच’ ले ‘हाइनानबाट मुख्यभूमि चीनमा प्रवेश गर्ने वस्तुहरूमा सामान्य भन्सार नियन्त्रण लागू गर्ने’ व्यवस्था जनाउँछ।
हाइकाओ भन्सार कार्यालयका अनुसार, सन् २०२५ डिसेम्बर १८ देखि २०२६ जनवरी १७ सम्मको अवधिमा ‘पहिलो रेखा’ मार्फत् आयात गरिएका शून्य-शुल्क वस्तुहरूको मूल्य ७५० मिलियन युआन (करिब १०७ मिलियन अमेरिकी डलर) पुगेको छ। त्यस्तै, ‘दोस्रो रेखा’ मार्फत् प्रशोधन तथा मूल्य–वर्धित वस्तुहरूको घरेलु बिक्री करिब ८५.९ मिलियन युआन पुगेको छ।
वानिङ सहरमा रहेको चिया ताइ (हाइनान) सिङलुङ कफी उद्योग विकास कम्पनी लिमिटेडका उत्पादन लाइनहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्। यस कम्पनीले कोलम्बियाबाट हरियो कफीका दाना आयात गरी हाइनानमै प्रशोधन गर्छ र त्यसपछि तयार उत्पादन मुख्यभूमि चीनमा पठाउँछ। ‘एफटीए’ नीतिका कारण कम्पनीले ८ प्रतिशत भन्सार छुटको लाभ लिइरहेको छ।
‘टापु-व्यापी विशेष भन्सार सञ्चालन सुरु भएपछि हाइनान क्रमशः मूल्य-वर्धित प्रशोधन केन्द्र र विश्वव्यापी स्रोत वितरण क्षमतायुक्त व्यापार केन्द्र बन्दै जानेछ’ कम्पनीका महाप्रबन्धक ये जियानले भने, ‘उद्यमहरू अब केवल हाइनान भएर पारगमन गर्ने मात्र होइन, यहाँ जरा गाडेर थप मूल्य सिर्जना गर्न सक्षम हुनेछन्।’
नीतिगत प्रोत्साहनका कारण हाइनानमा व्यापार गर्न चाहने कम्पनीहरूको संख्या निरन्तर बढिरहेको छ। चीनको सामान्य भन्सार प्रशासनका अनुसार, पछिल्लो एक महिनामै हाइनानमा ५ कजचर १ सय ३२ नयाँ वैदेशिक व्यापार कम्पनीहरूले दर्ता पूरा गरेका छन्, जुन संख्या सन् २०२४ को पूरै एक त्रैमासिकमा भएको दर्तासरह हो।
आधिकारिक तथ्यांकअनुसार, हाइनानमा दर्ता भएका वैदेशिक व्यापार बजार इकाइहरूको कूल संख्या १ लाख नाघिसकेको छ।
नीति कार्यान्वयनसँगै हाइनानका प्रमुख बन्दरगाहहरूमा गतिविधि उल्लेखनीय रूपमा बढेको छ।
हाइनानमा टापु-व्यापी विशेष भन्सार सञ्चालन सुरु भएको केही दिनमै चेकोस्लाभियाको राजधानी प्रागबाट १ सय १५ युरोपेली यात्रु बोकेको एउटा उडान पर्यटन सहर सान्यामा अवतरण गरेको थियो। यसले हाइनान ‘एफटीपी’ मा उड्डयन क्षेत्रको उच्चस्तरीय खुलापनमा एउटा महत्वपूर्ण ‘ब्रेकथ्रु’ को संकेत गर्यो।
यो आगमन चीनको पहिलो आधिकारिक यात्रुवाहक उडान मार्गको सुरुआत हो, जुन ‘सातौँ स्वतन्त्रता अधिकार’ अन्तर्गत सञ्चालन गरिएको हो। यस अधिकार अन्तर्गत विदेशी एयरलाइन्सहरुलाई आफ्नै देशमा अवतरण नगरी दुई विदेशी देशहरूबीच उडान सञ्चालनको हुन्छ।
यो मार्ग काजाकिस्तानको ‘स्काट एयरलाइन्स’ द्वारा सञ्चालन गरिएको हो। यस अन्तर्गत हरेक हप्ता एक पटक आवत-जावत (राउण्ड ट्रिप) उडान तालिका रहेको छ।
हाइनान ‘एफटीपी’ को सबैभन्दा ठूलो कार्गो बन्दरगाह याङपू बन्दरगाहमा विशाल जहाजहरू एकपछि अर्को गरी लाग्ने गर्छन्। ‘ग्यान्ट्री क्रेन’ हरू चौबीसै घण्टा सञ्चालन हुने गरेका छन्। यसले गर्दा कन्टेनर ट्रकहरू उच्च समन्वयमा चलिरहेको दृश्य अब यहाँ सामान्य बनेको छ।
‘याङपूले हाइनान ‘एफटीपी’ को मुख्य ढुवानी प्रवेशद्वारको भूमिका निर्वाह गर्नेछ’ याङपू आर्थिक विकास क्षेत्रको यातायात, बन्दरगाह तथा जलमार्ग ब्यूरोका उपप्रमुख याङ सियाओबिनले भने, ‘बन्दरगाहले स्मार्ट र हरित (स्मार्ट एण्ड ग्रिन) अन्तर्राष्ट्रिय ढुवानी केन्द्र तथा लजिस्टिक्स हब निर्माण गर्ने लक्ष्य राखेको छ।”
सन् २०२५ मा याङपू बन्दरगाहको कन्टेनर ह्यान्डलिङ क्षमता ३।३१ मिलियन टीभीयूल (२० फिट समतुल्य एकाइ) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशतभन्दा बढीले वृद्धि हो।
‘भूमण्डलीकरण विरोधी प्रवृत्ति तीब्र बन्दै गएको र विश्वव्यापी अनिश्चितता बढिरहेको बेला हाइनान एफटीपीले टापु–व्यापी विशेष भन्सार सञ्चालन सुरु गर्नु विशेष रूपमा उल्लेखनीय छ’ वाणिज्य मन्त्रालय अन्तर्गतको चिनियाँ अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहयोग प्रतिष्ठान (सीएआइटीइसी) का उपनिर्देशक छुई वेइजिएले भने, ‘यसले चीनको उच्चस्तरीय खुलापनप्रतिको अटल प्रतिबद्धता मात्र देखाउँदैन, बरु विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार सहकार्यमा थप निश्चितता र सकारात्मक गति समेत प्रवाह गर्छ।’