‘थियानथान अवार्ड प्यानोरामा’ मार्फत् हिमालय पार गर्दै चिनियाँ चलचित्रहरूको नेपाल यात्रा

गर्मी यामको मन्द हावासँगै काठमाडौँले यसपटक जुन महिनाको प्रारम्भ (जेठ दोस्रो साता) मा एक हिमालयपार चलचित्र सम्बन्धी विशेष भेटघाट कार्यक्रमको आतिथ्यता आयोजना गर्यो, अर्थात् ‘तियानतान अवार्ड प्यानोरामा’ को काठमाडौँ संस्करण ४ जुनमा सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रमको आयोजना चिनियाँ चलचित्र प्रशासन (China Film Administration) तथा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र मेला) को आयोजक समिति कार्यालय (Beijing International Film Festival Organizing Committee Office) को तर्फबाट भएको थियो।

कार्यक्रममा नेपालस्थित चीन सांस्कृतिक केन्द्र, काठमाडौँ विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कन्फ्युसियस इन्स्टिच्युट तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महत्वपूर्ण सहयोग गरेका थिए।

सो अवसरमा विविध विषयवस्तु समेटिएका उच्च प्रशंसित छ वटा चिनियाँ चलचित्रहरू प्रदर्शन गरिएका थिए।

सांस्कृतिक आदान–प्रदानको माध्यम
स्थानीय दर्शकमाझ प्रदर्शन गरिएका चलचित्रहरुमा द स्याडोलेस टावर, वियोण्ड द स्काईज्, लष्ट इन द स्टार्स, समर डायरी, जर्नी टु द वेष्ट र ट्र्याप्ड थिए।

कुल ६ वटा प्रदर्शनमार्फत् यो कार्यक्रमले चीन–नेपाल सांस्कृतिक आदानप्रदानको एक भावनात्मक र स्मरणीय अध्याय सिर्जना गरेको थियो।

हिमालय पर्वत श्रृङ्खलाको दक्षिणी काखमा रहेको ऐतिहासिक शहर काठमाडौँ लामो समयदेखि आस्था र कलाको संगमस्थल रहँदै आएको छ।

यसको विशिष्ट भौगोलिक अवस्थाले दक्षिण एशिया र चीनका संस्कृतिहरूलाई जोड्न महत्वपूर्ण पुलको भूमिका निर्वाह गरेको छ।

यही सांस्कृतिक धरोहरमाथि चीन र नेपालबीचको दीर्घकालीन मित्रता तथा सांस्कृतिक संवाद वर्षौँदेखि निरन्तर रुपमा फस्टाउँदै आएको छ।

काठमाडौँस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिष्टर काउन्सिलर चौ फानले चीन–नेपाल सांस्कृतिक आदान–प्रदान कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि पहिलो चलचित्रका रुपमा ‘ट्रयाप्ड’ को प्रदर्शन गरिएको थियो।

Screenshot

कार्यक्रमको उद्घाटन गर्दै मिनिष्टर काउन्सिलर फानले चलचित्रलाई भाषिक तथा राष्ट्रिय सीमाहरू पार गर्न सक्ने ‘विश्वव्यापी भाषा’ को रूपमा वर्णन गरे यसले दुई देशबीचको सांस्कृतिक आदानप्रदानका लागि सबैभन्दा इमानदार र जीवन्त माध्यमको भूमिका निर्वाह गरेको उल्लेख गरे।

प्रदर्शन गरिएका छवटा चिनियाँ चलचित्रहरूले समकालीन चिनियाँ सिनेमाको विविध आयामलाई फरक–फरक दृष्टिकोणबाट प्रस्तुत गरेका थिए।

प्रदर्शित फिल्मका विशेषता र प्रभाव
सो कार्यक्रममा प्रदर्शन गरिएका विभिन्न फिल्महरुले नेपाली दर्शकहरुमा फरक–फरक किसिमका छाप छाडेका छन्।

त्यसमध्ये ‘स्याडोलेस टावर’ ले दर्शकहरुलाई बेइजिङका प्रतिष्ठित स्थलचिन्हहरूमध्ये एकको छायामुनि स्पन्दित हुने शहरी जीवनको अनुभव गरायो भने ‘वियोण्ड द स्काइज्’ ले द्वन्द्वको अग्रपङ्क्तिमा जीवन र मृत्युबीचको सीमारेखाको खोजी गर्यो।

यसैगरी ‘लष्ट इन् द स्टार्स’ ले दर्शकलाई अप्रत्याशित मोड अनि रहस्योद्घाटनले भरिएको जटिल कथाको भुलभुलैयामा प्रवेश गरायो भने ‘समर डायरी’ ले बालुवामय मरुभूमिमा बहँदै जाने यात्रामार्फत एक किशोर बालकको कोमल आत्मविकास र परिपक्वताको कथा प्रस्तुत गरेको थियो।

ट्र्याप्ड’ का निर्देशक साकारा चाङ दर्शकहरुसँगको अन्तरक्रियामा-

अर्काे चलचित्र ‘जर्नी टु द वेष्ट’ ले पूर्ण रूपमा असाधारण र हास्यास्पद शैलीलाई अँगाल्दै गरेको थियो, जसको उद्देश्य मानिसहरुको सपनाप्रति सम्मान प्रकट गर्नु थियो।

उद्घाटन चलचित्रको रुपमा सबैभन्दा पहिले प्रदर्शन गरिएको चलचित्र ‘ट्र्याप्ड’ ले भने एकान्त शहरमा मानिसहरूले सामना गर्नुपर्ने कठोर र निर्मम निर्णयहरूको कथा प्रस्तुत गर्दै दर्शकहरुलाई गम्भीर नैतिक प्रश्नहरूको सामना गर्ने स्थितिमा पुर्याएको थियो।

जीवन्त सम्वाद
प्यानोरामाको विशेष कार्यक्रमअन्तर्गत ‘ट्र्याप्ड’ का निर्देशक साकारा चाङले स्थानीय दर्शकहरूसँग गहन रुपमा अन्तरक्रिया तथा छलफल गरेका थिए। उनी यो कार्यक्रमका लागि व्यक्तिगत रूपमा काठमाडौँ आएका थिए।

छलफलका क्रममा एक दर्शकले चलचित्रको विशिष्ट सौन्दर्यात्मक शैली आफूले यसअघि हेरेका एशियाली चलचित्रभन्दा फरक रहेको भन्दै प्रसंशा गरेका थिए।

चलचित्रबारे उठेका प्रश्नहरुको जवाफ दिँदै चाड्डले आफ्नो चलचित्रमा रहेको चिसो, कठोर तथा उदास वातावरण ‘इटालियन वेस्टर्न’ चलचित्रहरूको प्रभावबाट प्रेरित भएको उल्लेख गरे।

कार्यक्रम अवधिभर नेपाली दर्शकहरुले प्रदर्शित चलचित्रको समर्थनस्वरुप पटकपटक ताली बजाएका थिए। निरन्तर रुपमा बजेको तालीबाट प्रष्ट हुन्थ्यो कि, समकालीन चिनियाँ चलचित्रप्रति नेपाली दर्शकहरूको रुचि अत्याधिक रहेको छ।

ट्र्याप्ड’ का निर्देशक साकारा चाङ दर्शकहरुसँगको अन्तरक्रियामा

यस्तो लाग्थ्यो, यो सम्वादलाई चिनियाँ र नेपाली चलचित्रकर्मीबीचको एक आत्मीय तथा हृदयस्पर्शी भेटघाट हो।

त्यसबाहेक यो सम्वादले भौगोलिक तथा सांस्कृतिक सीमाहरूलाई पार गर्दै चलचित्रमार्फत सम्पन्न भएको अर्को महत्वपूर्ण आदानप्रदानको रूपमा पनि स्थान पायो।

भविष्यका योजना
निरन्तर रुपमा भौगोलिक सीमाहरू पार गर्दै चिनियाँ चलचित्रहरूले विश्वव्यापी रुपमा दर्शकहरूको भावना र चेतनासँग सम्बन्ध स्थापित गरिरहेका छन्। तिनले परिवार, आस्था र स्वतन्त्रता जस्ता आधारभूत मानवीय मूल्यहरूप्रतिको साझा बुझाइ पनि प्रस्तुत गरिरहेका छन्।

आगामी दिनहरूमा ‘तियानतान अवार्ड प्यानोरामा’ ले विश्वका थप शहरहरूमा आफ्नो यात्रा जारी राख्दै अन्तर्राष्ट्रिय दर्शकमाझ चिनियाँ कथाहरू पुर्‍याउने बताइएको छ।

सो विशेष उत्सवको समापनपछि विज्ञप्ती जारी गर्दै ‘तियानतान अवार्ड प्यानोरामा’ ले भनेको छ, ‘चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानले पनि भविष्यमा फेरि नयाँ भेटघाट र सहकार्यहरूमार्फत् नयाँ विचार जन्माउनेछ, नयाँ सम्बन्ध स्थापित गर्नेछ र नयाँ प्रेरणाहरू प्रदान गरिरहनेछ।’