बेइजिङ– चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको जनवादी लोकतान्त्रिक गणतन्त्र कोरिया (डीपीआरके अर्थात् उत्तर कोरिया) को राजकीय भ्रमण भोलि (८ जुन) देखि सुरु हुदैछ।
कोरियाली श्रमिक पार्टी (डब्ल्यूपीके) का महासचिव तथा जनवादी लोकतान्त्रिक गणतन्त्र कोरिया (डीपीआरके– उत्तर कोरिया) का राज्य मामिला अध्यक्ष किम जोङ उनको निमन्त्रणामा राष्ट्रपति सीको दुई दिने भ्रमण (८–९ जुन) हुन लागेको हो।
सात वर्षपछि पहिलो पटक हुन लागेको हो, राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण । यसपटकको भ्रमणले दुई पार्टी र दुई मुलुकबीचको सम्बन्ध विकासमा नयाँ खाका तयार कोर्ने, समाजवाद निर्माणको साझा अभियानमा नयाँ ऊर्जा प्रवाह गर्ने तथा क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिमा नयाँ योगदान पुर्याउने अपेक्षा गरिएको छ।
रणनीतिक मार्गदर्शन
अक्टोबर २०२५ मा जनवादी लोकतान्त्रिक गणतन्त्र कोरिया (डब्ल्यूपीके) को स्थापनाको ८०औँ वार्षिकोत्सवका अवसरमा किमलाई पठाएको बधाई सन्देशमा राष्ट्रपति सीले हालैका वर्षहरूमा आफूले किमसँग धेरै पटक भेटवार्ता गरी दुई पार्टी र दुई मुलुकबीचको सम्बन्ध विकासलाई मार्गनिर्देशन र नेतृत्व प्रदान गरेको तथा चीन–डीपीआरके मित्रताको नयाँ अध्याय खोलेको उल्लेख गरेका थिए।
मार्च २०१८ मा दुई नेताबीच पहिलो भेटवार्ता भएको थियो। त्यस क्रममा नयाँ युगमा चीन–डीपीआरके सम्बन्ध विकास गर्ने विषयमा चार विषयमा सैद्धान्तिक सहमति भएको थियो।
त्यसै वर्ष सी र किमले १०० दिनको अवधिमा अवधिमा तीन पटक भेटवार्ता गरे, जसले चीन र डीपीआरकेबीच उच्चस्तरीय आदानप्रदानको इतिहासमा नयाँ अध्याय थप्ने काम गर्यो।
सन् २०१९ को पहिलो छ महिनामा दुई नेताले एकअर्काको मुलुक भ्रमण गरे। यसैगरी सेप्टेम्बर २०२५ मा किम फेरि चीन भ्रमणमा आए।
यसरी सन् २०१८ यता दुई पार्टी र दुई देशका शीर्ष नेताहरूबीच छ पटक भेटवार्ता भइसकेको छ।
त्यसबाहेक दुई देशका शीर्ष नेताहरुबीच विभिन्न माध्यमबाट घनिष्ठ सम्पर्क कायम रहँदै आएको छ, जसले चीन–डीपीआरके सम्बन्धलाई नयाँ युगमा निरन्तर अगाडि बढाउन भूमिका खेलेको छ।
दुई पार्टी र दुई मुलुकका शीर्ष नेताहरूको रणनीतिक मार्गदर्शन नै द्विपक्षीय सम्बन्ध विकासको सबैभन्दा ठूलो राजनीतिक लाभ तथा सबैभन्दा बलियो प्रत्याभूति हो।
यस वर्ष चीन–उत्तर कोरिया मित्रता, सहयोग तथा पारस्परिक सहायता सन्धिमा हस्ताक्षर भएको ६५ वर्ष पूरा भएको छ, जसले सीको आगामी डीपीआरके भ्रमणलाई अझ महत्वपूर्ण बनाएको छ।
दुबै मुलुकका लागि आपसी मित्रतालाई अझ गहिरो बनाउनु दीगो रणनीतिक विकल्प बनेको छ।
उत्तर कोरिया स्थापनाको ८०औँ वार्षिकोत्सवका अवसरमा पठाएको बधाई सन्देशमा राष्ट्रपति सीले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन भएपनि चीन–उत्तर कोरियाबीचको सम्बन्धलाई कायम राख्ने, सुदृढ गर्ने र विकास गर्ने नीति सीपीसी तथा चिनियाँ सरकारको अटल नीति रहेको बताएका थिए।
‘यो इतिहास र यथार्थ, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संरचना र चीन–डीपीआरके सम्बन्धको समग्र अवस्थाका आधारमा दुबै पक्षले गरेको रणनीतिक तथा एकमात्र सही छनोट हो’ सन् २०१८ मा किमसँगको भेटमा उनले भनेका थिए, ‘कुनै निश्चित समयमा घट्ने कुनै एक घटनाका कारण यो परिवर्तन हुनु हुँदैन र हुने पनि छैन।’
विगतका वर्षहरूमा सी र किमले विभिन्न माध्यममार्फत महत्वपूर्ण विषयहरूमा गहन विचार–विमर्श गरेका छन्, एकअर्काका प्रमुख चासोका विषयमा समर्थन जनाएका छन्, पारस्परिक विश्वासलाई निरन्तर सुदृढ बनाएका छन् र साझा समझदारी निर्माण गरेका छन्।

गत वर्ष बेइजिङमा किमसँगको भेटमा राष्ट्रपति सीले चीनले सधैं वस्तुनिष्ठ र निष्पक्ष अडान कायम राखेको उल्लेख गरेका थिए र कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न उत्तर कोरियासँगको समन्वयलाई अझ मजबुत बनाउन चीन तयार रहेको बताएका थिए।
परम्परागत मित्रताको निरन्तरता
दुई पार्टी र दुई देशका शीर्ष नेताहरूले सुखदुःखमा एकअर्कालाई साथ दिएका छन्, जसका कारण चीन र डीपीआरकेबीचको परम्परागत मित्रता अहिलेपनि जीवन्त र शक्तिशाली बनिरहेको छ।
सन् २०१९ मा डीपीआरकेको राजकीय भ्रमणका क्रममा किमले आयोजना गरेको स्वागतभोजमा सम्बोधन गर्दै सीले ‘चीन–उत्तर कोरियाबीचको परम्परागत मित्रतालाई दुबै देशका पुराना पुस्ताका नेताहरूले निर्माण गरी भावी पुस्तालाई हस्तान्तरण गरेको बहुमूल्य सम्पत्ति हो’ भनेका थिए। उनले परिस्थितिमा निरन्तर परिवर्तन आएपनि यो मित्रता सधैं बलियो र जीवन्त रहेको उल्लेख गरेका थिए।
भ्रमणका क्रममा सी प्योङयाङस्थित मित्रता स्तम्भ (फ्रेन्डसिप टावर) पुगी चिनियाँ जनस्वयंसेवक सेनाका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। आगन्तुक पुस्तिकामा लेखिएको सन्देशमा उनले ‘सहिदहरूलाई सम्झना गरौँ’ तथा ‘चीन–डीपीआरके मित्रता पुस्तौँपुस्तासम्म कायम रहोस्’ भन्ने शब्दावली प्रयोग गरेका छन्।
सन् २०२४ मा किमसँग उनले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए। त्यसक्रममा सीले चीन–डीपीआरके परम्परागत मित्रता दुई पार्टी र दुई देशका पुराना पुस्ताका नेताहरूले निर्माण गरेको, क्रान्तिकारी संघर्षमा सुदृढ बनेको तथा समाजवादी निर्माणको प्रक्रियामा निरन्तर गहिरिँदै गएको बताएका थिए।
सन् २०१९ मा राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणका क्रममा प्योङयाङका लाखौँ बासिन्दाहरू सडकमा उत्रेर स्वागत गरे। भ्रमणका क्रममा राष्ट्रपति सीले एक विशाल सामूहिक व्यायाम तथा कला प्रदर्शन पनि अवलोकन गरेका थिए।
गत वर्ष राष्ट्रपति सीले बेइजिङमा किमसँगको भेटमा उक्त भ्रमणको स्मरण गर्दै आफूले सम्पूर्ण यात्राभर दुबै देशका जनताबीच परिवारजस्तै आत्मीय मित्रता महसुस गरेको बताएका थिए।
दुबै मुलुकका जनताबीचको मित्रवत् आदानप्रदानले यो सम्बन्धलाई झन् मजबुत बनाएको छ। यसै पृष्ठभूमिमा सन् २०२४ को नयाँ वर्षका शुभकामना सन्देश आदानप्रदानका क्रममा सी र किमले संयुक्त रूपमा सन् २०२४ लाई ‘चीन–डीपीआरके मित्रता वर्ष’ घोषणा गरे।
उक्त सन्देशमा राष्ट्रपति सीले दुबै पक्षसँग दीर्घकालीन मित्रतालाई अगाडि बढाउन, रणनीतिक पारस्परिक विश्वासलाई गहिरो बनाउन, आदानप्रदान र सहकार्यलाई विस्तार गर्न तथा द्विपक्षीय सम्बन्धलाई समयअनुकूल विकासतर्फ अघि बढाउन आह्वान गरे।
नयाँ विकासका लागि हातेमालो
‘विकास’ र ‘सहकार्य’ भन्ने शब्दावली राष्ट्रपति सी र किमबीचका वार्ताहरूमा बारम्बार उठ्ने विषय बनेका छन्।
सन् २०१९ को राजकीय भ्रमणका क्रममा सीले दुबै पक्षलाई व्यावहारिक सहकार्य विस्तार गरी दुवै देशका जनतालाई थप लाभ पुर्याउन सुझाव दिएका थिए।
सन् २०२५ मा उत्तर कोरिया (डीपीआरके) स्थापना भएको ७७औँ वार्षिकोत्सवका अवसरमा पठाएको बधाई सन्देशमा सीले चीन उत्तर कोरिया सँग रणनीतिक संवाद बढाउन, घनिष्ठ आदानप्रदान तथा सहकार्य कायम राख्न र चीन–डीपीआरके मित्रता तथा दुवै देशको समाजवादी अभियानलाई अगाडि बढाउन हातेमालो गर्न तयार रहेको बताए।
चीन–डीपीआरकेबीचको अन्तर्राष्ट्रिय यात्रुवाहक रेल सेवा मार्च १२ मा दुबैतर्फ सञ्चालनमा आएको थियो। त्यसपछि मार्च ३० मा बेइजिङबाट उडेको एयर चाइनाको यात्रुवाहक विमान प्योङयाङ पुगेको थियो, जसले चीन र उत्तर कोरियाका राजधानीहरूबीच चिनियाँ राष्ट्रिय वायुसेवाको नियमित उडान औपचारिक रूपमा पुनः सञ्चालन भएको संकेत गर्यो।
उत्तर कोरियाका वाणिज्य मण्डल तथा कम्पनीहरूका २० भन्दा बढी पसलहरू चीनको दान्दोङ शहरस्थित गुओमेनवान व्यापार क्षेत्रमा स्थापना भएका छन्। प्योङयाङमा वर्षमा दुई पटक आयोजना हुने अन्तर्राष्ट्रिय वस्तु प्रदर्शनीमा चिनियाँ सामानहरूको प्रदर्शनी स्थानीय जनतामाझ लोकप्रिय बनेको छ।

मे महिनाको प्रारम्भमा चिनियाँ विद्यार्थीहरूको एक समूह प्योङयाङ पुगेको थियो। उनीहरूले किम इल सुङ विश्वविद्यालय लगायतका उच्च शिक्षालयहरूमा अध्ययन सुरु गरे।
त्यस्तै फेब्रुअरी २०२५ मा उत्तर कोरियाको प्रतिनिधिमण्डलले चीनको हार्बिनमा आयोजित नवौँ एसियाली शीतकालीन खेलकुदमा सहभागिता जनायो।
आर्थिक तथा व्यापारिक आदानप्रदानदेखि शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यले विविध क्षेत्रमा चीन–उत्तर कोरियाबीचको निरन्तर अझ गहिराईमा पुग्दै गएको र सुदृढ बन्दै गएको देखाउँछ। यो सम्बन्धका कारण दुबै मुलुकका जनताले लाभ प्राप्त गरेका छन्।
हालैका वर्षहरूमा विभिन्न अवसरमा दुबै मुलुकका पार्टी तथा सरकारी प्रतिनिधिमण्डलले एकअर्को मुलुकको मैत्रीपूर्ण भ्रमण गरेका छन्। यसले अन्तर–पार्टी आदानप्रदानलाई गहिरो बनाएको त छ नै, राज्य सञ्चालनसम्बन्धी अनुभवहरूको पारस्परिक अध्ययनलाई प्रोत्साहित पनि गरेको छ।
साथै दुबै मुलुकको समाजवादी अभियानको स्थिर र दीर्घकालीन विकासलाई अग्रगतिपनि प्रदान गरेको छ।
सन् २०१९ मा उत्तर कोरियाको राजकीय भ्रमणअघि त्यहाँको प्रमुख सञ्चारमाध्यममा प्रकाशित आफ्नो लेखमा राष्ट्रपति सीले दुबै पक्षले सबै तहमा सम्पर्क र समन्वय बढाउन तथा शासन सञ्चालनका अनुभवहरूबारे अन्तर–पार्टी संवाद र आदानप्रदानलाई गहिरो बनाउनुपर्नेमा जोड दिएका थिए।
सो लेखमा राष्ट्रपति सीले उल्लेख गरेका थिए, ‘चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई एक चिनियाँ गीतले यसरी जीवन्त रूपमा वर्णन गरेको छ ः हामी महान् मित्रता, समान आदर्श साझेदारी गर्छौँ, यिनै आदर्शहरूले हामीलाई अतुलनीय शक्तिसहित एकताबद्ध बनाएका छन्।’