चिनियाँ राष्ट्रपति सीका दुई पुस्तक प्रकासित , आधुनिकीकरण र सुधारमा योगदान

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङले ‘सुधारलाई समग्र रूपमा गहिरो बनाउँदै जाने’ सम्बन्धमा दिएका सम्बोधनहरुलाई समेटेर तयार पारिएको पुस्तकको पहिलो र दोस्रो खण्ड सोमबार (१८ अगष्ट) प्रकाशित भएका छन्।

संग्रहहरू समेटिएका यी पुस्तकहरु चीनमा सुधार, आधुनिकीकरण र राष्ट्रिय पुनरुत्थानको दिशामा मार्गदर्शन गर्ने महत्वपूर्ण स्रोत हुनसक्ने ठानिएको छ।

यी दुई खण्ड सीपीसीको केन्द्रीय समितिको पार्टी इतिहास तथा साहित्य संस्थानले संकलन गरेको हो। केन्द्रीय पार्टी साहित्य प्रकाशन गृहले राष्ट्रव्यापी रूपमा वितरण गरेको छ।

पहिलो खण्डमा महासचिव सीका सन् २०१२ डिसेम्बरदेखि २०१८ डिसेम्बर सम्मका७३ महत्वपूर्ण भाषण र लेख समावेश छन्। यी प्रवचनहरूमा सुधारलाई समग्र रूपमा अघि बढाउन आवश्यक नीति, प्रशासनिक सुधार, सामाजिक समन्वय र आर्थिक परिवर्तनका उपायहरूको विस्तृत व्याख्या गरिएको छ।

दोस्रो खण्डमा २०१९ जनवरीदेखि २०२५ अप्रिलसम्मका ९२ प्रवचन संकलन गरिएको छ। तीमध्ये केही सम्बोधन पहिलोपटक प्रकाशित भएका छन्।

यो खण्डमा ‘नयाँ युगमा सुधार किन आवश्यक छ, यसलाई कसरी कार्यान्वयन गर्ने र समग्र राष्ट्र निर्माणको प्रक्रियामा कसको योगदान के कस्तो रहन्छ’ भन्ने विषयमा सीले चीनको प्रष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्।

विशेषज्ञहरूका भनाईमा, यी प्रवचनहरूले चीनमा सुधारलाई थप गहिरो बनाउन, राष्ट्रको आधुनिकरण प्रक्रिया अघि बढाउन र राष्ट्रिय पुनरुत्थानको महान् अभियानलाई गति दिन महत्वपूर्ण मार्गदर्शन गर्न सक्छन्।

शी जिनपिङको विचार र निष्कर्षले चीनको नीतिगत सुधार, आर्थिक योजना, प्रशासनिक सुधार र सामाजिक विकासका क्षेत्रहरूमा स्पष्ट दिशा देखाउने आशा गर्न सकिन्छ।

सीका पुस्तकहरुको प्रकाशनसँगै चीनले सुधार र आधुनिकीकरणका दिशामा लामो समयसम्मको रणनीति र अनुभवलाई दस्तावेजीकृत गर्दै भविष्यका योजनाहरूलाई मजबुत बनाउने लक्ष्य राखेको छ।