चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय समितिको राजनीतिक ब्युरो (पोलिब्यूरो) को स्थायी समितिले शीर्ष विधायिका, केन्द्रीय सरकार, शीर्ष राजनीतिक सल्लाहकार निकाय, सर्वोच्च जन अदालत, सर्वोच्च जन अभियोजन कार्यालय (प्रोक्युरेटोरेट) का प्रमुख पार्टी सदस्य समूहहरू, साथै सीपीसी केन्द्रीय समितिको सचिवालयबाट प्राप्त कार्य प्रतिवेदनहरूमा गरिएको सुनुवाइ तथा छलफलसम्बन्धी प्रतिवेदनको समीक्षा गरेको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, सो समीक्षा बैठक शुक्रबार भएको थियो, जसको अध्यक्षता सीपीसी केन्द्रीय समितिका महासचिव शी चिनपिmङले गरेका थिए। महासचिव सी चिनियाँ राष्ट्रपतिसमेत हुन्। बैठकले सन् २०२५ मा यी संस्थाहरूले गरेको कार्यको पूर्ण रूपमा प्रशंसा वरेको र सन् २०२६ का कार्ययोजनाहरूलाई अनुमोदनसमेत गरेको बताइएको छ।
बैठकका अनुसार, सन् २०२५ मा ती पाँच प्रमुख पार्टी सदस्य समूहहरूले पार्टी केन्द्रीय समितिको अधिकार तथा केन्द्रीकृत र एकीकृत नेतृत्वलाई दृढतापूर्वक समर्थन गरे, आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गरे, वर्षका मुख्य कार्य तथा लक्ष्यहरू सफलतापूर्वक पूरा गर्न र १४औँ पञ्चवर्षीय योजनाको सफल समापनमा महत्वपूर्ण योगदान पुर्याए।
बैठकमा यो कुरापनि उल्लेख गरिएको थियो कि, सचिवालयले पार्टी केन्द्रीय समितिका निर्णय तथा योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्यो भने पार्टी केन्द्रीय समितिद्वारा तोकिएका कार्यहरू पूरा गर्न व्यापक रूपमा कामपनि गर्यो, साथै अन्य जिम्मेवारीहरू पनि निर्वाह गर्यो।
यस वर्ष सीपीसी स्थापना भएको १०५औँ वर्षगाँठ र १५औँ पञ्चवर्षीय योजना अवधिको सुरुवात भएको बैठकमा उल्लेख गरिएको थियो। बैठकले पाँच प्रमुख पार्टी सदस्य समूहहरूलाई १५औँ पञ्चवर्षीय योजनाअन्तर्गत आर्थिक तथा सामाजिक विकासका प्रमुख रणनीतिक उद्देश्यहरूसँग आफ्नो कामलाई तालमेल मिलाउन र पञ्चवर्षीय योजनाको राम्रो सुरुवात हासिल गर्न प्रयास गर्न आह्वान गर्यो।
बैठकले सचिवालयलाई पनि पार्टी केन्द्रीय समितिद्वारा तोकिएका कार्यहरू उच्च गुणस्तरका साथ पूरा गर्न आह्वान गरेको छ। बैठकमा अन्य विषयहरू पनि छलफल गरिएको सिन्ह्वाले उल्लेख गरेको छ।